कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी(एमाले) कञ्चनपुरकी एक नेतृले पाटी परित्याग गरेकी छिन । एमाले नेतृ कसलादेवी महरा सहितका एमाले नेता कार्यकर्ताहरुले पाटी परित्याग गरेकी हुन । एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेकी महराले पाटीले आफुमाथि अन्याय गरेपछि स्वतन्त्र भएर बस्ने घोषणा गरेकी छिन । संविधान सभा सदस्य समेत रहेकी पुर्व सासंद महराले मकै खाएर एमालेमा ठुलो लगानीबा बाबजुत पनि पाटी परित्याग गरेको घोषणा गरेकी हुन । १३ चैत्र ०४८सालदेखि एमालेको सगठित सदस्य भएकी उनले अहिले आएर पाटी परित्याग गरेको घोषणा गरेकी छिन ।

कञ्चनपुर क्षेत्र ३की मतदाता समेत रहेकी महराले आफुले पाटी परित्याग गरेर अन्तकतै पाटीमा प्रवेस नगर्ने स्वतन्त्र भएर बस्ने बताईन । आफुमाथि अपमानदेखि अन्याय गरेपछि बाध्य भएर रुदारुँदै पाटी परित्याग गरेको घोषणा गरेकी छिन ।
महरासंगै एमाले नेता कार्यकर्ताहरु कुमादेवी शाही, जानकी ठगुन्ना, कमला भट्ट, अनिता खत्री, राजु सिह धामी, गोर्बदन श्रेष्ठ, सिद्धराज ऐर, सुरत चौधरी, हरिस बोहरा, गोमती गिरी, रामचन्द्र विष्ट, कमला ओड , कमला गिरीले पाटी परित्याग गरेको बताएका छन ।

उनले एकै महिलालाई पटक पटक टिकट दिने अनि फिल्डमा पाटी र जनताका लागि खटिनेमाथि अन्याय भएको आरोप लगाएकी छिन । एमाले नेता महेश बस्नेतबाट सोभा पाठक सहितका थुप्रै महिला एव सच्चा नेता कार्यकर्ताहरु पीडित भएको बताउँदै एमालेमा गल्ती गर्दा पनि नेतृत्वले सरक्षण गरेको बताईन । जेनजी आन्दोलनकै क्रममा आफुले पाटी परित्याग गर्ने घोषणा गर्ने तयारी भएपनि अहिले पनि एमाले नेतृत्वदेखि पाटी नेताहरु नसुघ्रिएको बताए ।







