डाक्टर भट्ट दाम्पतीले एकसाथ मेडिकल अधिकृतमा लोकसेवा पास

कञ्चनपुर : कञ्चनपुरका नवविवाहित जोडी भट्ट दाम्पतीले एकसाथ मेडिकल अधिकृतमा लोक सेवा पास गरेका छन ।
भीमदत्त नगरपालिका १० जिमुवामा भट्ट दाम्पत्ती डा. आयुश भट्ट र डा. आस्तुती भट्ट(आचार्य)ले एकै पटक मेडिकल अधिकृतमा लोकसेवा पास गरेका हुन । प्रदेश लोक सेवा आयोगले गत आर्थिक बर्ष ०८१/०८२मा स्वाथ्य सेवा जनरल हेल्थसर्भिज समुह, आठौँ तह मेडिकल अधिकृतको विज्ञापन आब्हान गरेको थियो ।

१२ माग संख्या अनुरुप आयुले दोस्रो र आस्तुतीले सातौँ नम्बरमा नाम निकालेका हुन । प्रदेश लोक सेवाले ९माघ ०८२ प्रकासित गरेको नतिजा अनुरुप स्थायी नियुक्तीका लागि सिफारिस गरेको छ । भट्ट दाम्पत्ती शुक्लाफाँटा नगरपालिका बरिष्ठ शिक्षा अधिकृत टेकेन्द्र प्रशाद भट्ट र बैजनाथ मावि महेन्द्रनगरकी शिक्षिका जानकी भट्टका सन्तान (छोराबुहारी) हुन । बैतडीको बाराकोट पुख्यौली घर भएका भट्ट परिवार केही समयदेखि तराई कञ्चनपुर महेन्द्रनगर बस्दै आएका छन ।

श्रीमती श्रीमतीले एकै पटक लोकसेवा उर्तिण गरेपछि घरपरिवार आफन्त हर्षितदेखि लोकसेवाको तयारीमा रहेकाहरुका लागि समेत प्रेरणाका स्रोत बनेका छन । भनिन्छ, बिवाह गरेपछि लोकसेवाको तयारीमा समस्या हुन्छ, भन्ने तर भट्ट दाम्पतीले एकै पटक लोक सेवा उर्तिण गरेपछि सो भाष्य चिरेका छन । मेडिकल अधिकृतमा नाम निकालेका भट्ट दाम्पत्तीले आफ्नै मातृभूमिमा सेवा गर्ने चाहना पुरा भएको बताउँदै आएका छन । डाक्टर भट्टदाम्पत्तीका कान्छाबाबु ससुरा कृष्णदत्त भट्टले घर परिवारको अभिभावकीय भूमिका र स्वयम उनीहरुको लगनशिल मेहनतको परिमाण एकैसाथ सरकारी सेवामा प्रवेस गरेको बताए ।

ताजा समाचार

spot_img