दोधारा । दोधारा चाँदनीमा एक महिना देखि चोरको बिगबिगी बढ्दै गएको छ् । मध्यरातमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोल आसपाल बस्तीमा मध्यरातमा चार्जमा लगाएको मोवाईल चोरीको घट्ना ब्याप्त बढदै गएको खबर प्रापपत भएको छ् । रातीको समयमा चार्जमा राखेको मोवाईल झ्याल तोडेर चोरले मोवाईल लगाएत समान चोरे लगेको स्थानियबासीहरुले बताएका छन् ।


चोरले संसारी टोलको एक दर्जन भन्दा बढी मोवाई रातीको समयमा चोरी भएको सथानियबासीहरुले बताएका छन् । रातीको समयमा ढोका ढकढक्याउने, स्कुटी, साईकलाई लग्ने प्रयास गर्दै आएको उनिहरुले बताएका छन् । चोर आएको थाहा पाए पछि स्थानियहरुले रातीको हल्ला मच्चाउने गरेका छन् ।

प्रहरीले रातीको समयमा गस्ती नगरेको कारण पनि चोरहरु सक्रिय बन्दै गएको स्थानियहरुको भनाई छ् । प्रहरीहरले नियमित गसती सञ्चालन गर्नु पर्ने उनिहरुको माँग छ् ।







