कञ्चनपुरमा तीन दिन शहीद दिवस मनाईने

कञ्चनपुर : यस बर्ष कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर शहीद दिवस मनाईने भएको छ । बिहीबार जिल्ला समन्वय समिति कञ्चनपुरमा बसेको सर्वदलिय पक्षीय बैठकले तीन दिन शहीद दिवस मनाउने निर्णय गरेको छ ।  जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले तीन दिन विवित सृजनात्मक कार्यक्रम गरेर दिवस मनाईन लागेको बताए । जिसस प्रमुख बोहराका अनुसार १४ देखि १६ गतेसम्म विवित कार्यक्रम गरेर दिवस मनाईनेछ ।

१४ माघमा सरकारी, सार्वजनिक कार्यालयमा सरसफाई, १५ माघमा जिल्लाभरीका विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता र १६ माघमा जिसस प्राङगणमा जम्मा भई प्रभातफेरी सहित शहीद दशरथ चन्दको सालिकमा माल्र्यापण, रक्तदान, दिप प्रज्वलनका कार्यक्रम गरिनेछन । सरकारी गैर सरकारी संस्थाको आयोजनामा गरिने कार्यक्रममा शहीदप्रति श्रद्धासम्मानदेखि सृजनात्मक कार्यक्तम गरिनेछन ।

ताजा समाचार

spot_img