बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण कार्य अन्तिम चरणमा, लुगा पाएपछि बिद्यार्थीहरुमा खुशियाली

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जाडोको समयमा बिद्यार्थीहरुलाई निशुल्क न्यानो लुगा बितरण पछि बिद्यार्थी, अभिभावक, शिक्षकहरुमा खुशीयाली छाएको छ् । चाईना फाउण्डेसनको सहयोग र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा न्यानो कपडा बितरण कार्यले बिद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ग्रामिण भेगका विपन्न घरपरिवारका वालवालिकाहरु शितलहरको कारण जाडोले बिद्यालय जान नसक्ने समस्या हल भएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको २२ वटा संस्थागत बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क न्यानो लुगा पाए संग शिक्षकm बिद्यार्थी, अभिभावकमा खुशीयाली छाएको नगर प्रमुख लिम्बुले बताउनुभयो । जाडोको समयमा विपन्न घरपरिवारको अभिभावकहरुले आफ्नो वालवालिकाहरुलाई न्यानो लुगा खरिद गर्न सकस भएको अवस्थामा संस्थाले निशुल्क न्यानो लुगा बितरण गरेपछि अभिभावक बर्गमा ठुलो राहत भएको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका २२ वटा बिद्यालयमा अध्यनरत २ हजार १ सय २६ जना बिद्यार्थीलाई ट्रेक सुट, टोपी, पञ्जा, मोजा लगाएत सामग्री बितरण कार्य अन्तिम चरणमा पुगेको चाईना फाउण्डेशन फर रुलर डेभलप्मेण्ट नेपालका कार्यक्रम व्यवस्थापक क्रिटिसा श्रेष्ठले बताउनुभयो । प्रति विद्यार्थी २ हजार ३ सय ३ रुपैयाँ बराबरको न्यानो लुगा सेट वितरण कार्य भईरहेको उहाँले बताउनुभएको छ् ।

अति विपन्न परिवारका विद्यार्थीहरुलाई जाडो मौसममा पठनपाठनमा समस्या नहोस् र नियमित रुपमा विद्यालय आउने वातावरण सिर्जना गर्न कार्यक्रम उपयोगी हुने चाईना फाउण्डेशन फर रुलर डेभलप्मेण्ट नेपालका कार्यक्रम व्यवस्थापक क्रिटिसा श्रेष्ठले विश्वास व्यक्त गर्नुभएको छ् ।

ताजा समाचार

spot_img