महेन्द्रनगर: कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द को एन्फा कार्यकारी उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्डिनरी काङ्ग्रेस (निर्वाचन) २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको तर्फबाट सनिवार एन्फा केन्द्रीय कार्यालयमा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले अखिल नेपाल फुटबल संघको कार्यकारी उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको हो। कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापा जिल्लामा हुने नियमित साधारणसभा तथा चुनावी अधिवेशनका लागि उपाध्यक्ष पदमा चन्दको उम्मेदवारीमा सरस्वती युवा क्लबका अध्यक्ष उत्तम राज भण्डारी प्रस्तावक रहनु भएको छ, भने नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देवनारायण चित्रकार समर्थक रहनु भएको छ।

यसै क्रममा उक्त साधारण सभामा सहभागी हुने सम्पूर्ण मताधिकार प्रतिनिधिहरुलाई केन्द्रिय उपाध्यक्ष पदका लागि गणेश बहादुर चन्दलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक बहुमतका साथ विजयी गराइदिन हार्दिक अपिल समेत गरिएको छ।






