विकास कार्यमा सहकार्य आवश्यक छ् : नगर प्रमुख लिम्बु

दोधारा । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र प्लान ईन्टरनेशनलको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको २२ वटा सामुदायिक बिद्यालयमा यतिबेला बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण कार्य सुरु भईरहेको छ् । बुधबार वडा नं. १ स्थित पूर्णागिरी आधारभूत विद्यालयबाट दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जाडोमा बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण कार्य सुरु गर्नुभएको छ् । प्रत्येक बिद्यार्थीलाई ट्र्‍याक सुट, मखलर, पञ्जा, टोपी तथा मोजा बितरण कार्य अघि बढाईएको छ् । सामुदायिक बिद्यालयमा अध्यनरत विपन्न वर्गका बिद्यार्थीहरुलाई बिद्यालय आउन सहजताको लागी थप मद्धत पुग्ने अपेक्षा गरिएको छ् ।

न्यानो लुगा बितरण कार्यक्रममो बोल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नागरिकहरुको जीवन संग प्रत्यक्ष जोडिएको शिक्षा, स्वास्थ्यलाई नगरले पहिलो प्राथमिकता दिएर अगाडि बढाउदै आएको बताए । आफुहरु आए संगै स्थानिय पाठ्यक्रम निमार्ण, बिद्यालयमा खेलकुद प्रतियोगिता, नगर शिक्षा समितिलाई क्रियाशिल, बिभिन्न संघ–संस्थालाई शिक्षा क्षेत्रमा लगानी गर्न उत्प्ररित, शिक्षाको १० वर्षे रणनिती लगाएत कार्य अघि बढाउदै आएको मेयर लिम्बुले भने । ‘शिक्षा सबैको भविष्य हो । हामीले शिक्षा नै आर्जन गर्न सकेनौं भने, हाम्रो जीवन सफलताका साथ अगाडि बढ्न पाउदैन तसर्थ नगरले शिक्षाको क्षेत्रमा प्रयास गरेका छौं ।’ मेयर किशोर कुमार लिम्बुले भने ।

समग्र क्षेत्रको विकासको निमित्त जन निर्वाचित प्रतिनिधिले मात्र केही पर्न गर्न नसक्ने साथै यसमा सबै क्षेत्रबाट हातेमालो हुन आवश्यक रहेको मेयर लिम्बुले बताए । ‘यदि वास्तवमा समाजको रुपान्तरण गर्ने हो ।

यसमा एक अर्कालाई सकारात्मक सोचले बुझ्न जरुरी छ र स्वास्थ्य शिक्षा लगायत विकासको कार्यमा सहकार्य आवश्यक छ’, उनले भने ।

ताजा समाचार

spot_img