सामाजिक सदभावको लागी दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव’

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव– २०८२’ सम्पन्न भएको छ् । नेपाल मगर संघ दोधारा चाँदनीको आयोजना र बौद्ध बिहार संरक्षण केन्द्र दोधारा चाँदनीको सह–आयोजनमा विहिवार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बौद्ध नगरमा भब्यताको साथ विहिवार ‘माघी मिलन महोत्सव’ सम्पन्न भएको नेपाल मगर संघ दोधारा चाँदनीका नगर अध्यक्ष पार्वती मगरले जानकारी दिनुभएका छन् । ‘माघी मिलन महोत्सव’ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी लगाएत मगर समुदायका अगुवा लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको थियो ।

‘सबै धर्म, सस्कृती र पहिचानलाई गर्दै सम्मान : संरक्षण गरौ आफ्नो धर्म, सस्कृती र पहिचान’ नारा सहित संचालन भएको ‘माघी महोत्सव’ कार्यक्रममा मगर समुदायका संस्कृति भल्कने भेषभुषा तथा पहिरन साथ सांस्कृती कार्यक्रमहरु संचालन भएको सुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । माघी मिलनको शुभकामना दिदै सुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले यस कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी संस्कृति हस्तान्तरणको माध्यम बनाउने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा शुभकामना दिदै अर्का बक्ता दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर कुमार लिम्बुले माघी पर्वले आपसी मेलमिलाप, सुख–दु:खको साटासाट र सामाजिक एकताको सन्देश दिने भएकाले यस्तो कार्यक्रमले स्थानीय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गर्नुभएको छ् । माघी मिलन कार्यक्रम प्रति खुसी व्यक्त गर्दै नगर प्रमुख लिम्बुले यस्तो कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने प्रतिक्रिया दिनुभएको छ् ।

माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृति जगेर्ना गर्दै सामाजिक सद्भाव र सांस्कृतिक चेतनालाई नयाँ उचाईमा पुर्‍याउने विश्वास आफुले लिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । कार्यक्रममा बिभिन्न जात जातीको भेषभुषा सहित नृत्य प्रस्तुत गरिएको थियो ।

विशेष गरी नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, चाडपर्व र पहिचान प्रति जागरुक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्था नेपाल मगर संघ दोधारा चाँदनीले जनाएको छ् ।

ताजा समाचार

spot_img