दोधारा चाँदनीका २२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई जाडोमा न्यानो लुगा

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा बितरण सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका २२ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई चाईना फाउण्डेसनको सहयोग र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा न्यानो कपडा बितरण सुरु गरिएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) कार्यसमिति सदस्य दमन चन्दले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको २२ वटा सामुदायिक बिद्यालयका वालबिकास कक्षा देखि कक्षा ५ सम्मका २ हजार १ सय २६ जना बिद्यार्थीलाई ट्रेक सुट, टोपी, पञ्जा, मोजा लगाएत सामग्री बितरण गरिएको पेसवानका कार्यसमिति सदस्य दमन चन्दले बताउनुभयो । जाडोयाममा विपन्न तथा गरिव वालवालिकाहरुलाई पठन पाठनमा सहजताको लागी संस्थाको न्यानो कार्यक्रम अन्तर्गत जाडोमा बिद्यार्थीहरुलाई कपडा बितरण सुरु गरिएको उहाँले बताउनुभएको छ् । चिसो र शीतलहरुका कारण गरिव तथा विपन्न घरपरिवारका बालबालिकालाई पठन पाठनका सहजताको लागी संस्थाले गरेको कार्य उल्लेखनिय रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

बिगतका दिनहरु देखि पेसवान संस्थाले नगरपालिका क्षेत्रमा बिभिन्न सामाजिक कार्यमा सघाउदै आएको भन्दै नगर प्रमुख किशोर कुमार लिम्बुले न्यानो कपडा बितरण कार्यक्रमले जनप्रतिनिधी, शिक्षक, बिद्यार्थी तथा अभिभावकहरु खुशी भएको उहाँले बताउनुभएको छ् । पेसवान संस्थाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिद्यालयको शैक्षिक गुणस्तर बढाउन, विपद् न्युनिकरण गर्न, वालविवाह अन्त्य लगाएत बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

कञ्चनपुरमा केही दिन देखि लगातार शीतलहरुका साथै चिसो बढेको छ् । चिसो र शीतलहरुका कारण विपन्न समुदायका वालवालिका न्यानो कपडा खरिद गर्न नसक्ने अवस्थामा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा संस्थाले गरेको सहयोगलाई स्थानियबासीहरु प्रशंसा गरेका छन् ।

 

ताजा समाचार

spot_img