काठमाडौँ । नेपाल एसबिआई बैंकको सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको छ । बेलुकी ७ बजेतिर आएका लुटेराहरुले बैंकका गार्डको हात काटी, कर्मचारीहरुलाई बाँधेर लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले बैंक लुट्न बनेपाबाट नै गाडी ल्याएका थिए । प्रहरीले गाडी र गाडीका ड्राइभरलाई पक्राउ गरिसकेको छ । गाडीमा रहेको एक बोरा पैसासमेत प्रहरीले बरामद गरिसकेको छ । प्रहरीले लुटेराहरुको खोजी कार्य जारी राखेको छ ।

लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष जगत बहादुर भ्लोनले दिएको जानकारी अनुसार पक्राउ परेका गाडी चालकले लुटेराहरुले आफुलाई विवाहका लागि जन्ती जाने भन्दै गाडी बुक गरेका थिए ।
१२ जनाको समूह बनाएर आएका लुटेराहरुले पैसा लुटेपछि गाडी नजिकै रहेको जंगलमा छाडेर भागेको पक्राउ परेका ड्राइभरलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष भ्लोनले बताए ।
साभार: अर्थ सरोकार






