दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आरएटीमा दोधारा चाँदनी नगरपालिकाको ईन्चार्जमा मनोज भण्डारीको नाउ सिफरिस गरिएको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तत्काल प्रतिकार्य समूह (आरएटी) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदुरपश्चिम प्रदेश प्रतिनिधी तथा पुर्व सशस्त्र प्रहरीका बरिष्ठ हवलदार मनोज भण्डारीलाई सर्वसम्मत सिफारिस गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभएको छ् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी कार्य समितिको बैठकले तत्काल प्रतिकार्य समूह (आरएटी) दोधारा चाँदनीको नगर ईन्चार्जको रुपमा मनोज भण्डारीलाई सिफरिस गरिएको उहाँले बताउनुभयो ।

तत्काल प्रतिकार्य समूह (आरएटी) ले बाढीको बेला उद्धार, आफ्नो दलका नेता आएको बेल सुरक्षा ब्यवस्था, विपद्को बेला परेका समस्यामा सुरक्षाकर्मीहरुलाई सघाउन कार्य गर्ने बताईएको छ् । उक्त टिममा २० जनाको पदाधिकारी रहने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले जनाएको छ् ।







