दोधारा चाँदनीमा सामुदायिक स्वास्थ्य तथा पोषण सम्बन्धीत सामुदायिक संबाद कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने संबाद कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजना र युनिसेफको आर्थिक सहयोगमा दुई दिने सामुदायिक स्वास्थ्य तथा पोषण सम्बन्धी संबाद कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिनुभएको छ् । समुदायमा आधारित स्वास्थ्य तथा पोषणको लेखाजोखा सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई दुई दिने संबाद कार्यक्रम सम्पन्न भएको शाखा प्रमुख महराले बताउनुभयो ।

नेपाल सरकारले स्वास्थ्य तथा पोषणको क्षेत्रमा रणनिती तयार गर्ने योजना अनुसार सुझाव संकलनको लागी सामुदायिक स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने संबाद कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र १० समुदाय स्तरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्बाद कार्यक्रममा सहभागी गराईएको शाखा प्रमुख महराले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रको स्वास्थ्य संस्थाको एक तथ्यांक अनुसार ५ देखि ६ प्रतिशत बालवालिका कुपोषित रहेको उहाँको भनाई छ् ।

ताजा समाचार

spot_img