सेवा प्रवाहबारे जिल्ला प्रशासन कार्यालय कञ्चनपुको सार्वजनिक सुनुवाई


पप्पु गुरुङ्ग, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गर्ने सेवा प्रवाह, जिल्लाको शान्ति सुरक्षा र सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलनका लागि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालय नजिक प्रांगणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनुभएको छ् । आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले कार्यालयबाट प्रवाह हुने सेवाहरु, लागुऔषध नियन्त्रण, बजार अनुगमन, विपद् प्रतिकार्य योजना, स्थानीय तहहरु संगको समन्वय बारे जानकारी गराउनुभएको हो । यसैबीच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्क बहादुर खत्रीले शान्ति सुरक्षा कायम गर्नुमा नागरिकको महत्वपूर्ण साथ र सहयोगको अवश्यक पर्ने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको सिमा समस्या, स्थानीय तहहरु संगको समन्वयलाई प्रभावकारी बनाएर जिम्मेवारी बनाउने, कार्यालयले प्रवाह गर्ने सेवा, लागुऔषध, सुविधा चुस्तदुरुस्त हुनुपर्ने जस्ता विषय उठेका थिए ।

कार्यक्रममा उठेका प्रश्न, गुनासा तथा सुझावहरुको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्क बहादुर खत्रीले जवाफ दिदै सरोकारवाला पक्ष र निकायलाई जिम्मेवार र उत्तरदायित्व बोध गर्ने गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले प्रहरी प्रशासन संग स्थानिय सरकारले समन्वय गरि कार्य गर्दै आएको बताउनुभएको छ् ।

सिमा क्षेत्रमा बेलाबखत हुने अराजक गतिविधी र सिमा समस्यालाई स्थानिय तहबाट सुल्झाउने गर्दै आएको मेयर लिम्बुले बताउनुभयो । सरकारी गतिविधीलाई नागरिक मैत्री, पारदर्शी, सुशासन मैत्री बनाउन र नागरिकको रचनात्मक सुझाव ग्रहण गर्न सरोकारवाला र सर्वसाधारणको उपस्थितिमा सार्वजनिक सुनुवाई गरिएको कार्यक्रम उत्साहजनक रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभयो ।

नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, सीमा नाकामा सहजता, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगाएतका विषयमा कञ्चनपुर प्रहरीको ध्यानाकर्षण गराएका थिए ।


ताजा समाचार

spot_img