दोधारा । देशको समृद्धि संगै अन्तराष्ट्रिय रुपम परिचित गराउनका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले आयोजना गरेको १६ औं राष्ट्रपती रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा दोस्रो आधारभुत बिद्यालय स्तरिय खेलकुद प्रतियोगिताको समापन समाहरोमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यस्तो बताउनुभएको हो । देशका गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै पहल आवश्यक रहेको बताएका मेयर लिम्बुले बताउनुभयो ।


राष्ट्रको नाम संगै व्यक्तिको नाम र प्रतिष्ठासाग जोडिएको खेल क्षेत्रको बिकास हुन आवश्यक रहेको मेयर लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले बिगतको तुलनामा खेलमा खेलाडी एत्पादन गर्नको निम्ती ठुलो लगानी लगाउदै आएको बताउदै मेयर लिम्बुले खेल क्षेत्रको विकासले देशको समृद्धिसागै हरेक मानिसहलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बन्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


‘खेलाडीहरुको व्यक्तिगत फाईदा संगै देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुद क्षेत्रको आवश्यक छ् । त्यसका लागि खेलकुद क्षेत्रको स्थानीयस्तरबाटै विकास हुन आवश्यक देखिन्छ’,नगर प्रमुख लिम्बुले भने, ‘त्यही अनुसार दोधारा चाँदनी नगरपालिकाले खेलकुद बिकास समिति गठन गरि वर्षेनी ठुलो बजेट खेलकुदको क्षेत्रमा खर्चिदै आएको छ् ।’ खेलकुदका माध्यमबाट देशको समृद्धि संगै युवाहरुलाई अनुशासित र आत्मनिर्भर बनाउनका लागि खेलकुद क्षेत्रको विकासका आवश्यक रहेको उहाँको भनाई छ् ।


युवाहरुलाई खेलका माध्यमबाट जोड्दै शारिरीक तथा मानसिकहरुमा स्वस्थ्य संगै सक्षम अनुशासित नागरिक उत्पादन गर्दै देशको खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने आफुहरु प्रतिबद्ध रहेको मेयर लिम्बुले बताउनुभयो ।






