पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता र दोस्रो आधारभुत बिद्यालय स्तरिय प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको चाँदनी खेलमैदानमा सञ्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता र दोस्रो आधारभुत बिद्यालय स्तरिय प्रतियोगितामा १२ वटा माध्यमिक तहका बिद्यालय र २१ वटा आधारभुत बिद्यालयहरु सहभागी भएको दोधारा चाँदनी नगरपालिका कार्यालय खेलकुद शाखा कार्यालयका शाखा प्रमुख पदम बहादुर सिंहले बताउनुभएको छ् । बुधवार देखि सञ्चालन भएको प्रतियोगिता आईतवार सम्पन्न भएको खेलकुद शाखाका शाखा प्रमुख पदम बहादुर सिंहले बताउनुभयो ।


राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा शारदा माध्यमिक बिद्यालय प्रथम, जनज्योती माध्यमिक बिद्यालय द्धितिय र अम्बीका माध्यमिक बिद्यालय तृतिय स्थान हासिल गर्न सफल भएको शाखा प्रमुख सिंहले बताउनुभयो । यस्तै आधारभुत तहको खेलकुद प्रतियोगितामा जनज्योती माध्यमिक बिद्यालय प्रथम, युनिक सनराईज बोर्डिङ्ग स्कुल द्धितिय र तृतियमा शारदा सरस्वती माबि, हिमालय चाँदनी, न्यु भिजन, नोवेल एकेडेमी, पुर्णागिरी आधारभुत बिद्यालय रहेको उहाँले बताउनुभएको छ् । समापन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिजयता, उपबिजयता बिद्यालयहरुलाई बधाई दिदै दोधारा चाँदनी नगरपालिका कार्यालयले बिगतका दिनहरु भन्दा खेलकुदमा ठुलो लगानी रहेको बताउनुभएको छ् ।


देशलाई विश्व सामु चिनाउन खेलकुदको पनि अहम भुमिका रहदै आएको बताउदै लुकेका प्रतिभाहरुलाई प्रतियोगिताको माध्यमबाट सबैको सामु ल्याउन आगामी दिनहरुमा दोधारा चाँदनी नगथरपालिकाले बिभिन्न कार्यक्रम गदैृउ जाने लक्ष्य बोकेको मेयर लिम्बुले बताउनुयो ।


प्रतियोगितामा बिजयता, उपबिजयता तथा सहभागी बिद्यालयहरुका बिद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल, ट्रफी प्रदान गरिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।






