एनप्याब्सन सुदूरपश्चिमको अध्यक्षमा चन्द

कञ्चनपुर : निजी विद्यालयको संगठन ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बीर बहादुर चन्द(बिबिसी) चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको एनप्याब्सन सुप प्रदेशको भेलाले अध्यक्षमा चन्दलाई चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक एव अधिवक्ता प्रकास बहादुर पाण्डेयले सहमतीय आधारमा प्रदेशको कार्य समिति चयन भएको बताए । उनका अनुसार रवि आचार्य, खेमराज भट्ट, सचिव युवराज बम, कोषाध्यक्ष कमला थापा, सहसचिव खगेश्वरी बोगटी, सहकोषाध्यक्ष पुष्करराज पन्त र सदस्यहरुमा बलदेव भट्ट,कलाधर चपागाई,मनी कुमार चौधरी,नृप ब. ठकुल्ला, दुर्गा चन्द, खेमा ढकाल चयन भएका छन ।

एन प्याब्सन सुदुरपश्चिम प्रदेशको अध्यक्षतामा चयन भएका बीर बहादुर चन्द(बिबिसी)ले सुप प्रदेशका एनप्याब्सनकर्मीदेखि शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । उद्घाटन कार्यक्रममा एनप्याब्सनका केन्द्रीय अध्यक्ष सुबास न्यौपाने, बरिष्ठ उपाध्यक्ष श्याम सिह मौनी, कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्द सहितले धारण राख्दै शैक्षिक गुणस्तर सुधारमा एनप्याब्सनकर्मी सकृय हुनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार

spot_img