निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. १६ वर्षपार गरि १७औ बर्षमा प्रवेश

कञ्चनपुर : भीमदत्तनगर कार्यक्षेत्र बनाई स्थापना भएको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. ले स्रोह बर्ष पुरा गरि १७औं बर्षमा प्रवेश गर्न लाग्दा विभन्न सामाजिक तथा शैक्षिक कार्यक्रम गरि मनाईरहेको जानकारी प्रप्त भएको छ ।
प्रारम्भमा पैचालिस जनामा बाट संचालनमा गरेको सहकारी हालबाह्र हजार भन्दा बढि सदस्य आवद्ध भई कञ्चनपुर जिल्ला भरी कार्यक्षेत्र बनाई झण्डै एक अर्ब निक्षेप संकलन गरेको संस्थाका संस्थापक एवं प्रमुखकार्यकारी अधिकृत प्रेम सिंह भाटले बताउनु भएको छ ।

तत्कालिन डिभिजन सहकारी कार्यालयमा दर्ता भएको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. हाल सुदुरपश्चिम प्रदेश सहकारी राजिष्ट्रार तथा प्रशिक्षण कार्यालय अन्र्तगतको नियमनमा रहेको छ भने कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ, जिल्ला सहकारी संघ, भीमदत्तनगर नगर सहकारी संजाल, राष्ट्रिय सहकारी बैङ्ग शाखा महेन्द्रनगर, राष्ट्रिय सहकारी महासंघमा प्रतिनिधित्वगरि रहेको कुरा संस्थाको अध्यक्ष डम्बर दत्तभट्टले बताउनु भएको छ ।

सहकारी संस्थाको १६औं बर्ष पार गरि १७औं बर्षमा प्रवेशको अवसरमा सहकारीले ग्रिनलेण्ड एकेडमी तथा निङ्गलाशैनी माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता आयोजना, नेपाल रेडक्रम सोसाईटिको प्राविधिक सहयोगका रक्तदान कार्यक्रम तथा स्थापनाकालका सदस्यहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कुरा संस्थाकी प्रबन्धक बविता चन्दबमले बताउनु भएको छ । यस अवसरमा संस्थाका उपाध्यक्ष पवनचन्द्र लेखकले यस निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले वित्तिय सेवातथा गैर वित्तिय सेवामा कष्टम हायरिङ्ग सेन्टर , स्कुल अफ को अपरेटिभ, मलखाद विक्री बितरण, बिऊश्रोत केन्द्र , मोरिङ्ग पाउडर उत्पादन गर्ने कार्य गतिसिल रुपमा अगाडी बढिरहेकोले बार्षिक रुपमा निङ्गलाशैनी सहकारीमा सदस्यता बृद्धि भइरेहको कुरा बताउनु भयो ।

ताजा समाचार

spot_img