कञ्चनपुर : कोषाध्यक्ष र सदस्य पदका लागि कञ्चनपुर उद्योग वाणिज्य संघमा निर्वाचन हुन लागेको छ । १८औँ कार्यकारीणी समिति चयनका लागि कोषाध्यक्ष र ७ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

यस अघि अध्यक्ष सहितका ६ पदाधिकारी निर्बिरोध निर्वाचित भएका थिए । तर, कोषाध्यक्षका लागि ३ र ७ सदस्यका लागि १४जनाले उम्मेदवार दिएका थिए । जसमध्ये कोषाध्यक्षका उम्मेदवार मिनराज भट्ट र सदस्यका उम्मेदवार पार्वती विष्टले मात्रै उम्मेदवारी फिर्ता लिएका थिए । अब कोषाध्यक्षका लागि प्रदिप पाल र सिद्धराज भट्टविच प्रतिस्पर्धा हुनेछ ।

भने ७ सदस्यका लागि कृष्ण लोकराज भट्ट, भोजराज अवस्थी, सरिता भण्डारी, गोबन्द भट्ट, हेमराज भट्ट गगा सिह धामी, जगदिशचन्द्र भट्ट, देवदत्त जोशी, निरज गुप्ता, पारस जोशी, पुरन पाण्डेय, सजय कुमार भट्ट रहेका छन । २ हजार २सय २१मतदाता रहेका छन ।







