महेन्द्रनगर नमुना मा.वि.को ४९औँ बार्षिकोत्सव : मेघा विद्यालय बनाउने लक्ष्य

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८कटान स्थित महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को ४९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । मंगलबार एक कार्यक्रमका विच विद्यालयले विवित कार्यक्रम गरेर बार्षिकोत्सव तथा अभिभावक मनाएको जनाएको छ । कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रद्यानाध्यापक देवराज भट्टले उपलब्ध स्रोत साधन उपभोग गर्दै शैक्षिक गुणस्तर बृद्धि गर्दै गएको बताए । प्रअ भट्टले विद्यार्थीको चापले अझैपनि प्रर्याप्त भवन अभाव भएको बताए ।

उनले ०८२सम्म ३ हजार विद्यार्थी पु¥याउने लक्ष्य पुरा भएको बताए । प्रअ भट्टले शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीका सन्तान विद्यालयमै पढाउने कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । साथै अतिरिक्त कृयाकलापका माध्यमबाट एक हजार विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको थियो । सिकाई अभिबृद्धिका लागि अवलोकन गरेको बताए । प्रविधिमैत्री कक्षा संचालन, सिक्दै कमाउँदै कार्यक्रम संचालन, प्रतिभा प्रस्फुटमा खेल मैदान निर्माण, शिक्षक, कर्मचारीको पेशागत विकासका लागि तालिम, पशिक्षाप्रणाली थप सुदृढ गर्ने, शैक्षिक सुधारका लागि अतिरिक्त कक्षा समेत संचालन गर्दै आएको बताए । प्राविधिक शिक्षालार्ई थप सुधार गर्ने, हरित कार्यक्रम, विज्ञान प्रयोगशाला भवन निर्माण, नमुना विद्यालय सुधार भुतपुर्व विद्यार्थीसंग समन्वय गरेर विपन्न विद्यार्थीको अध्ययनका लागि अक्षयकोष स्थापना गर्ने बताए । ‘हाम्रो विद्यालयमा हरेक बर्ष २देखि ३सय विद्यार्थी बृद्धि हुँदै गएका छन, ‘प्रअ भट्टले भने, ‘विद्यार्थीको चाप, शिक्षक दरबन्दी अनुरुप अझैपनि भवन अपुग भईरहेको छ ।’ प्रअ भट्टले आगामी दिनमा समेत शैक्षिक सुधार, गुणस्तरका कार्यक्रम निरन्तर संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

विद्यालय व्यवस्थापन समितिकाका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यालयको थप बृहत्तर विकासको योजना अघि सारेको बताए । अध्यक्ष विष्टले विद्यार्थी, शिक्षक, अभिभावकदेखि सरोकारवालासंग अन्तरकृया गर्दै विद्यालयको चौतर्फिक बृद्धि विकासका कार्यक्तम संचालन भईरहेको र आगामी दिनमा विद्यालय मेघा विद्यालय बनाउने घोषणा गरेका छन । ‘तपाई आम विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीदेखि सरोकारवाला निकायको सहयोग, समन्वय सहकार्यबाट हामीले नमुना विद्यालय बनाउन सफल भएका छौँ, ‘अध्यक्ष विष्टले भने, आगामी ०८५मा अहिले विद्यार्थीको संख्या बृद्धि गर्दै ५ हजार पु¥याउने लक्ष्य अघि सारेका छौँ ।’ अध्यक्ष विष्टले सामुदायिक विद्यालय सुधारका लागि अझैपनि विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकदेखि सरोकारवाला निकायको अहमभूमिका हुने भएकाले सहयोगका लागि अपेक्षा गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत भीमदत्त नगरका मेयर पदम बोगटीले सामुदायिक विद्यालय महेन्द्रनगर नमुना जस्तो हुनुपर्नेमा अन्य विद्यालय, शिक्षकको ध्यानाकर्षण गराएका छन ।

मेयर बोगटीले महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)ले सार्वजनिक शिक्षा सुधारका लागि गरेको प्रयास सरानिय भएको बताए । मेयर बोगटीले जिल्लाभरी मात्रै होईन देशभरका सामुदायिक विद्यालयले महेन्द्रनगर नगर नमुना माविको अनुशरण गर्नुपर्नेमा सुझाव दिएका छन । मेयर बोगटीले विद्यालयको बृद्धि विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बचन दिएका छन । विद्यालयका लेखा अधिकृत महानन्द पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न विद्याका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, विद्यालय सुधारका लागि भूमिका निर्वाह गरेका व्यक्तित्वलाई सम्मानका साथै कार्यक्रममा मार्चपास, नृत्य विज्ञान तथा खाद्य प्रर्दशनी समेत गरिएका थिए । सहायक प्रद्यानाध्यापक सरस्वती धामी(भाट)ले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, समाजिक व्यक्तित्व, पुर्व शिक्षक, कर्मचारी सहितका विवित क्षेत्रका सरोकारावालको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img