हेमा भट्ट / कञ्चनपुर — शहरको कोलाहलबाट टाढा, गाउँको सुगन्ध बोकेको शुद्ध र स्वास्थ्यकर खानाको ठेगाना बनेर कृष्णपुर नगरपालिका–९ चपरतलामा ‘गाँउघर रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। मोहनापुलदेखि करिब ५० मिटर दक्षिणतर्फ जाने मुख्य बाटोमै अवस्थित यस रेष्टुरेन्टले छोटो समयमै स्वाद र विश्वास दुवै जित्दै चर्चा बटुल्न थालेको छ। यहाँ पकाइने प्रत्येक परिकार स्थानीय किसानको पसिनाबाट उत्पादन भएका ताजा सामग्री प्रयोग गरी तयार गरिन्छ।

रासायनिक मल, कृत्रिम स्वाद र अस्वस्थकर सामग्रीबाट टाढा रहेर घरको जस्तै स्वच्छ र मौलिक स्वाद दिनु नै ‘गाँउघर’को मुख्य विशेषता हो। दाल–भात–तरकारीदेखि परम्परागत स्थानीय परिकारसम्म, स्वाद र स्वास्थ्यको सन्तुलन यहाँ स्पष्ट देखिन्छ। ग्राहकलाई केवल खाना मात्र होइन, गाउँको अनुभूति दिलाउने उद्देश्यले रेष्टुरेन्टलाई सादा, शान्त र मौलिक ग्रामीण शैलीमा सजाइएको छ। परिवार, यात्रु, पर्यटक तथा स्थानीय बासिन्दाका लागि यो रेष्टुरेन्ट विश्वासिलो र भरपर्दो खानाको गन्तव्य बन्दै गएको छ।

उचित मूल्य, स्वच्छता, छिटो सेवा र मुस्कानसहितको आतिथ्यले ‘गाँउघर रेष्टुरेन्ट’लाई अरूभन्दा फरक बनाएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै रोजगारी सिर्जनामा समेत योगदान पुर्याइरहेको यस रेष्टुरेन्टले गाउँमै अवसर सम्भव छ भन्ने सकारात्मक सन्देश दिएको छ। शुद्ध स्थानीय र अर्गानिक स्वाद चाख्न चाहने जो–कोहीले गाँउघर रेष्टुरेन्ट, कृष्णपुर नगरपालिका–९ चपरतला (मोहनापुलदेखि ५० मिटर दक्षिण) ९८२४६७८८१५ | ९८४८४२८६९८ | ९७६४४४३५६२ मा सम्पर्क गर्न सक्नेछन्।







