बाढीग्रस्त बस्ती पटरा खल्लामा जलवायु मैत्री ईन्टरलक–ब्लक मेसिन सहयोग

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ स्थित पटरा खल्लामा ‘समुदायका लागी जलवायु उत्थानशील (सीआरसी) परियोजना’ अन्तर्गत जलवायु मैत्री इन्टरलक–ब्लक मेसिन सहयोग सहित चार दिने सिपमूलक तालिम सम्पन्न भएको छ् । मर्सीकोर नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा प्रगतिशील सामुदायिक विपद् व्यवस्थापन समितिलाई लक्षित गरी तालिममा मेसिन तथा आवश्यक सामग्री हस्तान्तरण संगै इन्टरलक–ब्लक उत्पादन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) समुदायको लागी जलवायु उत्थानशिल (सिआरसी) परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभएको छ् ।

नजिकै रहेको जगबुडा नदीमा सहजरुपमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरी कम लागतमा ठूलो परिमाणमा ईन्टरलक–ब्लक उत्पादन गर्न सकिने भएकाले उत्पादन प्रभावकारी र दीर्घकालीन समाधान तर्फ उन्मुख रहेको परियोजना संयोजक महेश घिमिरेले बताउनुभयो । स्थानियबासी सपना सुनारले उक्त तालिमबाट प्राप्त सीप प्रयोग गरी आफै ईन्टरलक–ब्लक उत्पादन गरेर आफ्नै घर निर्माण गर्ने सपना बोकेको बताईन् । सपनाले वर्षेनी बाढीका कारण घर डुबान तथा जग्गा कटान परेर ठूलो सास्ती भोग्दै आएको उल्लेख गर्दै अब भने सुरक्षित, दिगो र बलियो घर बनाउने आशा जागेको बताउनुभयो ।

तालिमले बस्तीमा आफू जस्ता महिलालाई सीप संगै आत्मविश्वास दिलाएको र भविष्यमा ईन्टरलक–ब्लक उत्पादनलाई आम्दानीको राम्रो श्रोतका रुपमा विकास गर्ने योजना रहेको पनि सपना सुनारले बताउनुभयो । दीर्घकालीन रुपमा ईन्टरलक–ब्लक उत्पादनलाई रोजगारी र आम्दानीको दिगो श्रोतका रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाई छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले जलवायु परिवर्तनका कारण बढ्दो बाढी र डुबान जोखिमलाई न्यूनीकरण गर्न यस्ता व्यवहारिक तथा दिगो कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

समुदायमै सीप, प्रविधी र श्रोत हस्तान्तरण गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँको बताउनुभएको छ् । यस कार्यक्रमले बाढी जोखिम न्यूनीकरण, सुरक्षित आवास निर्माण तथा स्थानिय समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको मेयर लिम्बुको भनाई छ् । पटरा खल्ला बस्ती जगबुडा नदीको किनारमा रहेको बाढी ग्रस्त बस्ती हो ।

बाढीको बेला उक्त बस्तीका अधिकांश घर माटोले बनेका हुदा भित्ता भत्किने, संरचना कमजोर हुने तथा ठूलो क्षति व्यहोर्दै आएको छ् ।

 

ताजा समाचार

spot_img