कञ्चनपुर,: कञ्चनपुर उद्योग वाणिज्य संघमा अध्यक्षदेखि सचिवसम्मका सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन । तर, कोषाध्यक्ष र ७ सदस्यमा सहमती हुन नसेकको छैन । कोषाध्यक्षमा उम्मेदवारी दिएका मिनराज भट्टले उम्मेदवारी फिर्ता लिएसंगै सिद्धराज भट्ट र प्रदिप पालविच भिडन्त हुने भएको छ । काेषााध्यक्ष पदमा उम्मेदवारी फिर्ता लिएका मिनराज भट्टले काेषाध्यक्षका अर्का उम्मेदवार सिद्धराज भट्टलाई समर्थन गर्ने भएका छन् ।

सदस्य तर्फपनि पार्वती कुमारी विष्ट(खडका)ले उम्मेदवारी फिर्ता लिएपछि १३ सदस्य चुनावी मैदानमा उत्रिएका छन ।सदस्य तर्फ युवा उद्यमी सरिता भण्डारीको अब एकल महिला उम्मेदवार देखिएका छन । अन्य सदस्यहरु लोकराज भट्ट, गोबिन्द भट्ट, जगदिश चन्द्र भट्ट, हेमराज भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय,देवदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, हेमराज भट्ट, सञ्जय कुमार भट्टविच प्रतिस्पर्धा हुनेछ । संघमा कोषाध्यक्ष र ७ सदस्यका लागि २हजार १सय २१ मतदाताले छान्ने छन ।

मुख्य निर्वाचन कार्यालयले सोमबार सार्वजनिक गरेको सुचना अनुसार अध्यक्षमा दिनेश मल्ल, बरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकास साउद उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट, सचिव नरेन्द्र प्रशाद जोशी(एनपी) निर्बिरोध निर्वाचित भएका छन । संस्थागत सदस्य तर्फ गजेन्द्र बिक्रम थापा(निर्बिरोध निर्वाचित निर्वाचित भएको घोषणा गरिएको छ । मुख्य ६ पदाधिकारी पदमा सहमती हुने, अनि कोषाध्यक्ष र सदस्यमा सहमती हुन नसक्ने भन्दै आम व्यवसायीले प्रश्न गरिरहेका छन । आउँदो शनिबार(१९पुष)मा निर्वाचन हुनेछ ।







