रेडियन्ट माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

कञ्चनपुर : रेडियन्ट माध्यमिक विद्यालयमा सोमबारदेखि खेलकुद सप्ताह सुरु भएको छ। खेलकुद सप्ताहको उद्घाटन विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर चन्द र उपप्रधानाध्यापक उषा विष्टले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नु भएको हो । खेलकुद सप्ताह अन्तर्गत नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरू सहभागी हुने विद्यालयले जनाएको छ। नर्सरी, एलकेजी, कक्षा १, २ र ३ का विद्यार्थीहरूका लागि बेलुन ब्लास्ट, हट पोटाटो, ५० मिटर दौड, म्युजिकल चेयरलगायतका खेलकुद कार्यक्रमहरू आयोजना गरिएको छ। ती खेलहरू सञ्चालनको जिम्मेवारी जानकी पन्त, उषा विष्ट, ममता भारती र शारदा म्यामलाई दिइएको छ।

त्यस्तै कक्षा ४ र ५ का विद्यार्थीहरूका लागि १०० मिटर दौड, म्युजिकल चेयर, हट पोटाटो र स्पुन रेसजस्ता खेलहरू समावेश गरिएको छ। उक्त खेलहरू सञ्चालन गर्न प्रमिला टेर म्याम, विवेक सर र जगदेश्वरी पन्त म्यामलाई जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ। कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको छ, जसको जिम्मेवारी प्रधानाध्यापक सूर्यबहादुर चन्द र रामदत्त जोशीले लिनुभएको छ।

साथै खेलकुद सप्ताहमा टेबल टेनिस र ब्याडमिन्टन प्रतियोगिता पनि समावेश गरिएको छ। विद्यार्थीहरूको शैक्षिक विकाससँगै शारीरिक र मानसिक विकास गराउने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो। खेलकुद सप्ताहको पहिलो दिन खेलमा सहभागी हुन पाउँदा विद्यार्थीहरू उत्साहित देखिएका छन् ।

ताजा समाचार

spot_img