पप्पु गुरुङ्ग, दोधारा । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा वालवाविवाह, चाडै विवाह र जबरजस्ती विवाह तथा जलवायु परिवर्तन बिचको अन्तर सम्बन्धलाई सम्बोधन गर्न युवा बिच दुई दिने सह–डिजाईन कार्यशाला गोष्ठी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा दुई दिने वालवाविवाह, चाडै विवाह र जबरजस्ती विवाह तथा जलवायु परिवर्तन बिचको अन्तर सम्बन्धलाई सम्बोधन गर्न युवा बिच दुई दिने सह–डिजाईन कार्यशाला गोष्ठी सम्पन्न भएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) उत्थानशिल भविष्य, वाल विवाहको अन्त्य परियोजनाका सामाजिक परिचालक कबिर साँउदले बताउनुभयो ।


दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले समाजमा जरा गाडेको बालविवाह जस्तो कुरिती अन्त्य गर्न सकिने भन्दै स्थानीय किशोरी समुहवद्ध भएका बताउनुभएको छ् । चेतना अभाव र धार्मिक अन्धविश्वासले बालविवाह गर्ने क्रम नरोकिएको उहाँले बताउनुभयो । छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । सुर्खेती किशोरी समुहका सदस्य रोजिना सुनारले वालवाविवाह, चाडै विवाह र जबरजस्ती विवाह तथा जलवायु परिवर्तन बिचको अन्तर सम्बन्धको बारेमा गोष्ठीमा सिक्न पाएको बताउनुभयो ।

जनचेतनामुलक कार्यक्रमबाट बालविवाह लगाएत हानीकरक चलन अन्त्य गर्न सकिने उहाँले बताउनुभएको छ् । कार्यक्रममा कार्यशाला गोष्ठीमा किशोरीहरुले वालवाविवाह, चाडै विवाह र जबरजस्ती विवाह अन्त्यको लागी प्रतिबद्ध भएका छन् ।

दिगो विकासका लक्ष्य मध्ये बालविवाह न्यूनीकरण पनि एक हो, लक्ष्य प्राप्ति गर्न र हाम्रो समाजलाई समन्नुति तिर लैजानका लागि बालविवाह अन्त्य गर्न आवश्यक भएको कार्यक्रममा बताईएको छ् ।






