दोधारा चाँदनीको स्वास्थ्य चौकीलाई एनएनएसडब्लुएको सहयोग

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीको स्वास्थ्य चौकीलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सोलर प्यानल, ईनभेटर, एसी तथा कुलर सहयोग गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको स्वास्थ्य चौकी चाँदनीलाई २ थान सोलर प्यानल, ईनभेटर, २ थान एसी, कुलर सहयोग गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) समुदायको लागी जलवायु उत्थानशिल कार्यक्रम परियोजनाकाका कार्यक्रम संयोजक महेश घिमिरेले जानकारी दिनुभएको छ् । परियोजनाले जलवायुजन्य विपद्कोरुपमा बाढी र तातो हावाको असर न्युनिकरण गर्न बिभिन्न कृयाकलाप गर्दै आएको उहाँले बताउनुभयो ।

तातो हावाको कारण वालवालिका तथा गर्भवती महिलाहरुमा असहजता हुने गरेको हुदा स्वास्थ्य चौकीमा बेला बेलामा बिद्युत सेवा अबरुद्ध हुने हुदा सेवा प्रवाहलाई निरन्तरत दिनको लागी स्वास्थ्य चौकी चाँदनीलाई २ थान सोलर प्यानल, ईनभेटर, २ थान एसी, कुलर उपलब्ध गराईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) समुदायको लागी जलवायु उत्थानशिल कार्यक्रम परियोजनाकाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभएको छ् । जलवायु परिवर्तनको कारण बाढी र तातो हावाको लहर (हिट वेभ) ले तापक्रम वृद्धि हुदा जनजीवन प्रभावित भएको छ् भने कृषि बालीमा असर परिरहेको उहाँले बताउनुभएको छ् ।

मर्सिकोर नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा स्वाथ्य चौकीलाई उक्त सामग्री उपलब्ध गराईएको परियोजनाकाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभयो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले संस्थाले नगर क्षेत्रमा बाढी लगाएत बिभिन्न सामाजिक क्षेत्रमा नगरपालिकालाई ठुलो सहयोग पुर्‍याउने गरि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० मा जडान गरिएको बहुप्रयोजन स्मार्ट सायरन प्रणालीले बाढी, तातो हावा लगाएतका प्राकृतिक जोखिमहरुको चेतावनी अग्रिम रुपमा दिन सक्षम भएको उहाँले बताउनुभयो । संस्थाले एसएमएस, आईभीआर, तथा सामाजिक सञ्जाल मार्फत चेतावनी सन्देशहरु समुदाय सम्म पुग्ने व्यवस्था मिलाईएको मेयर लिम्बुले बताउनुभयो ।

परियोजनाले समुदायमा आत्मविश्वास वृद्धि मात्र बढाउने काम मात्र नगरि उत्थानशीलता निर्माणमा नयाँ उदाहरण पनि बन्न थालेको उहाँले बताउनुभएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) समुदायको लागी जलवायु उत्थानशिल कार्यक्रम परियोजनाकाका कार्यक्रम संयोजक महेश घिमिरे लगाएत स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

spot_img