राष्ट्रिय शिक्षक संगठनद्वारा हाजिरीजवाफ प्रतियोगिता

कञ्चनपुर: नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगरपालिकाले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मा वि महेन्द्रनगर प्रथम, युवा वर्ष मा वि तिलकेनी द्वितीय र महेन्द्रनगर मा वि महेन्द्रनगर तृतीय स्थान ल्याएका छन ।

राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कञ्चनपुरका जिल्ला उत्तम विष्टले संगठनका पालिका स्तरमा समितिले जिल्लाभरी विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटनका लागि कार्यक्रम गरिरहेको बताए ।

संगठनका नगर समितिका अध्यक्ष भान सिंह साउदको सभापतित्व तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य हरि प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्तममा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

ताजा समाचार

spot_img