कञ्चनपुर: नेपाली राष्ट्रिय खेलाडी यु–२० टोलीका कप्तान उदयमान खेलाडी मिडफिल्डर सुदुरश्चिमकाे कुना बाट खेल्दै राष्ट्रिय टिममा पर्न सफल भएका कुशल देउवा उमेरभन्दा परिपक्व नेतृत्व क्षमता, मैदानमा अनुशासन र जुझारुपनका साथ चिनिएका कुशल देउवा अब एन्फा राष्ट्रिय लिग मा आर्मीको मिडफिल्ड सम्हाल्ने तयारीमा छन् ।

यू-२० राष्ट्रिय टोलीको कप्तानीबाट क्लब स्तरमा मिडफिल्ड कमान्ड सम्हाल्न तयार कुशलको यो कदमले इरादा, अनुशासन र दबदबा झल्काउँछ कुशल देउवा अनुशासित खेलाडीका रुपमा पनि चिनिन्छन्।

कुशल देउवा आर्मीको मिडफिल्डमा आए संगै अब टीम झन् बलियो बनेको छ गौरव र उद्देश्यका साथ लिगमा उत्रँदै गरेका कुशल देउवामाथि सबैको नजर रहनेछ ।

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ०३ घर भएका देउवा स्थानीय स्तर देखि प्रदेश हुँदै राष्ट्रियस्तरमा आफ्नो छबिका पछिल्लो समयमा प्रख्यात छन्। जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा कञ्चनपुर जिल्ला फुटबल संघले नियमित प्रशिक्षण एन्फा प्रशिक्षक पुष्कर शाहीले गराउदै आएको उक्त क्षेत्र बाट फुटबलको यात्रा सुरुवात गरेका देउवाले एकाएक राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रतियोगिता समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन्।






