शुक्लाफाँटा नगरको १६औं राष्ट्रपति रनिङ्गशिल्ड सम्पन्न, कालिका माविलाई उपाधी

महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालन भएको १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनोट प्रतियोगिता एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

शुक्लाफाँटा नगर खेलकुद विकास समितिको आयोजनामा बिहिवार देखि सुरु भएको प्रतियोगिता शुक्लाफाँटा नगरपालिका वडा नं.०७ स्टेसनपुर स्थित धर्मजनता माध्यमिक विद्यालयको प्राङ्गणमा सनिवार सफलतापूर्वक सम्पन्न भएको हो ।

प्रतियोगितामा नगरपालिका भित्रका संस्थागत विद्यालय २५ र सामुदायिक २८ गरि ५३ विद्यालयको सहभागीता रहेको थियो। खेलकुद प्रतिस्पर्धामा विभिन्न ४५ विधामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता रहेको र नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र बहादुर साउँद बताए ।
उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण, १ रजत र १ कास्य सहित ८ पदकका साथ कालिका माध्यमिक विद्यालय असैनाले प्रथम स्थान हासिल गरेको छ। सुर्योदय माध्यमिक विद्यालय यो वर्ष १६औं राष्ट्रपति रनिङ्गशिल्डमा दोस्रो स्थान हात पारेको छ। जसमा ५ स्वर्ण, ९ रजत, र ७ कास्य सहित २१ पदकका साथ सूर्योदय मा.वि बन्शाह द्वितीय स्थान हासिल गरेको हो, भने ४ स्वर्ण, ३ रजत, र ५ कास्य सहित १२ पदकका साथ धर्म जनता मा.वि स्टेसनपुर तृतीय भएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराले नियमित पठन–पाठनसँगै खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भएको उल्लेख गर्नुभयो ।

मेयर महराले ‘खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकाले विद्यार्थीहरूलाई यस क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो । साथै, प्रतियोगिता स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिर्दै मेयर महराले आगामी बर्ष १७औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कालिका माविमा हुने बताए।’

शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्र बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रण बहादुर प्रमुख अतिथि समेत रहेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्ट, जनप्रतिनिधी, कर्मचारी खेलाडी खेलप्रेमी लगायतको सहभागिता रहेको थियो ।

[sharethis-inline-buttons]

ताजा समाचार

spot_img