पुनर्वासकी दीपिक्षा र आरोही धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा

धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिकाकी दीपिक्षा र आरोही धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा पुग्न सफल भएका छन् । द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्युटले आयोजना गरेकोे धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनालेमा पुनर्वास नगरपालिका–६, की ११ वर्षीय दीपिक्षा थापा र सोही नगरपालिका–४ की ११ वर्षीय आरोही बम्जन पुग्न सफल भएका हुन्

्सुदूरपश्चिमकै नौ जिल्लाबाट दुई सय जनाको उल्लेख्य सभागितामा रहेको सो डान्स च्याम्पियनसिपमा ११ राउण्ड पार गर्दै दीपिक्षा र आरोहीसहित नौ जना फाइनललिस्टमा पुगेकाछन् । दीपिक्षा र आरोही पुनर्वास नगरपालिका–३ आई.बी.आर.डी.स्थित द फन्की डान्स एण्ड जुम्बाका कोरियोग्राफर सन्तोष अवस्थीद्वारा प्रशिक्षित प्रशिक्षार्थीहरु हुन् । दीपिक्षा र आरोहीलाई इ सेवा एपबाट DDC SEASON_4 दीपिक्षा भोटिङ कोड २४ र आरोही भोटिङ कोड २५ मा यही पौष २५ गतेसम्म भोटिङ गर्न सकिनेछ ।

धनगढी डान्स च्याम्पियनसिप सिजन–४ को फिनाले यही पौष २५ गते हुने आयोजकले जनाएको छ । निर्णय विवादरहित होस् भन्ने हेतूले मूल्याकंन सत्प्रतिशत भोटिङको आधारमा गरिने द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्यूट अफ डान्स धनगढीका सञ्चालक केशव बलायरले जिकिर गरे । द ट्वीन्स अ कम्प्लिट इन्स्टिच्यूट अफ डान्सले मौलिक कला र सांस्कृतिक क्षेत्रमा आफनो अब्बलता प्रदर्शन गर्दै आएको छ ।

ताजा समाचार

spot_img