कञ्चनपुर : कञ्चनपुरस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई शनिबार एक कार्यक्रम बीच विदाई गरेको छ। कञ्चनपुरबाट इलाम सरुवा भएका प्रजिअ ढकालको सम्मान सहित विदाई गरिएको हो।
भीमदत्त नगरपालिका–४, भगतपुर, महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर समितिका कार्यकारी सदस्य मदन पाण्डेयले प्रजिअ ढकालको कार्यकाल उपलब्धिमूलक र सफल रहेको बताए ।

कार्यक्रमको सञ्चालन सिद्धनाथ मन्दिर समितिका महासचिव सिके भट्टले गरेका थिए भने अध्यक्ष कैलाश भट्टको सभापतित्व रहेको थियो। सो अवसरमा अध्यक्ष भट्टले प्रजिअ ढकाललाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै सम्मान पूर्वक विदाई गरेका हुन्। विदाई कार्यक्रममा बोल्दै प्रजिअ ढकालले आफ्नो कार्यकालको नागरिक स्तरबाट मूल्याङ्कन गरिएको प्रति आभार व्यक्त गरे।







