मेयर लिम्बुको पहलमा न्यानो कपडा पाएपछि बडुवाल टोलका बादी घरपरिवार मख्खै

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र समाज कल्याण परिषद्का पुर्व सदस्य सचिव तथा सामाजसेवी मनोज भट्टको पहलमा दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा बादी घरपरिवार खुशी भएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोलमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को न्यानो कार्यक्रम अन्तर्गत विपन्न नागरिकहरुलाई जाडोमा न्यानो कपडा बितरण गरेपछि ठुलो राहत भएको सिता बादीले बताउनुभएको छ् । चिसोमा न्यानो कपडाको समस्या परेको बेला संस्था र दोधारा चाँदनी नगरपालिकाले योजनामा विप्पन समुदायलाई बितरण गरिएको न्यानो ब्लाङ्केट उत्साहजनक रहेको सिताले बताउनुभयो ।

उहाँले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र समाज कल्याण परिषद्का पुर्व सदस्य सचिव तथा सामाजसेवी मनोज भट्टलाई बिशेष धन्यबाद दिनुभएको छ् । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा गरिव तथा विपन्न नागरिकहरुलाई चिसोबाट जोग्गीन न्यानो ब्लाङ्केट वितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । कञ्चनपुरमा केही दिन देखि लगातार शीतलहरुका साथै चिसो बढेको छ् ।

चिसो र शीतलहरुका कारण गरिव तथा विपन्न परिवारका ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या परेकाले ५० जना नागरिकहरुलाई ब्लाङ्केट सहयोग गरेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

बडुवाल टोलमा बसोबास गर्ने बादी समुदायका घरपरिवारलाई समेत न्यानो ब्लाङ्केट वितरण गरिएको उहाँले बताउनुभएको छ् ।

 

ताजा समाचार

spot_img