पेसवानको न्यानो कार्यक्रम : विपन्न नागरिकलाई जाडोमा न्यानो कपडा

पप्पु गुरुङ्ग, दोधारा । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को न्यानो कार्यक्रम अन्तर्गत विपन्न नागरिकहरुलाई जाडोमा न्यानो कपडा बितरण गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोलमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा गरिव तथा विपन्न नागरिकहरुलाई चिसोबाट जोग्गीन न्यानो ब्लाङ्केट वितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । कञ्चनपुरमा केही दिन देखि लगातार शीतलहरुका साथै चिसो बढेको छ् ।

चिसो र शीतलहरुका कारण गरिव तथा विपन्न परिवारका ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या परेकाले ५० जना नागरिकहरुलाई ब्लाङ्केट सहयोग गरेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । उहाँले मनकारी संस्था भन्दै पेसवान प्रति आभार पनि प्रकट गर्नुभएको छ् । समाज कल्याण परिषद्का पुर्व सदस्य सचिव तथा सामाजसेवी मनोज भट्टको पहलमा दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न प्रकारको सहयोग हुदै आएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । तराईमा पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर आफुले ब्लाङ्केट वितरण कार्यको पहल गरेको समाज कल्याण परिषद्का पुर्व सदस्य सचिव तथा सामाजसेवी मनोज भट्टले बताउनुभएको छ् ।

केही दिन अघि बडुवाल टोल बस्तीमा आएको बेला चिसोयाममा समस्या हुने गरेको आफुले जानकारी पाए संग आफुहरुले वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) मार्फत विपन्नहरुलाई चिसोबाट बच्न ब्लाङ्केट बितरण गर्ने योजना बनाएको समाज कल्याण परिषद्का पुर्व सदस्य सचिव मनोज भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रको बिकट भनिएको बडुवाल टोलमा बिगतका दिनहरुमा बिद्यार्थीहरुलाई झोला बितरण, बिद्यालय भवन निमार्ण लगाएतमा आफुहरुले सहयोग गरेको पुर्व सदस्य सचिव मनोज भट्टले बताउनुभएको छ् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी विपन्न वर्गका नागरिकलाई जाडोमा न्यानो बनाउन ब्लाङ्केट सहयोग गरेको भन्दै स्थानियबासीहरुले धन्यबाद दिएका छन् । अति विपन्न ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका बालबालिका तथा अल्पसंख्यक समुदायलाई वितरण गरिएको न्यानो ब्लाङ्केटले ठुलो राहत पुगेको स्थानियबासीहरुको भनाई रहेको छ् ।

 

ताजा समाचार

spot_img