कञ्चनपुर : अखिल नेपाल शिक्षक संगठन(एएनटिओ)को चौथो राष्ट्रिय परिषद सम्पन्न भएको छ । काठमाण्डौँमा अखिल नेपाल शिक्षक संगठनको चौथो राष्ट्रिय परिषद सम्पन्न भएको हो । बिहीबार र शुक्रबार दुई दिने अखिल नेपाल शिक्षक संगठनको चौथो राष्ट्रिय परिषद सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा शिक्षा ऐनको माग अघि सार्दै २०८१/०८२ को काठमाण्डौ केन्द्रित सडक आन्दोलमा सरकारबाट भएको बल प्रयोगबाट घाईते शिक्षक नेताहरु कंचनपुरका अध्यक्ष पुष्पमणि जोशी, उपाध्यक्ष लक्ष्मी प्रसाद भट्ट ,सदस्य बिष्ना जोशी भट्ट ,दाङका शिक्षक नेता निर्मला डांगी र जाजरकोट शिक्षक नेता रेशम सुनारलाई सम्मान गरिएको छ । साथै महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी शिक्षक कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । बन्द सत्रमा संगठनका महासचिव मदन राज जोशीले सांगठनिक प्रतिवेदन र अर्थ उपमहास लक्ष्मण ओलीले आर्थिक प्रतिवेदन पेश गरि समुह छलफल गरि प्रस्तुतिकरण गरियो ।

शुक्रबार शैक्षिक बृद्धि विकासका लागि भएको छलफलमा नेकपा(माओवादी)का महासचिव नेत्र विक्रम चन्द(विप्लव), नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन) सहितका नेताहरुसग छलफल गरिएको छ । अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लक्षिराम शर्मा ढकाको सभापतित्व र महासचिव मदन राज जोशीले संचालन कार्यक्रममा सहअध्यक्ष गुणाखर भट्टराईले गरेका थिए । कार्यक्रममा देशभरबाट शिक्षकहरु सहभागि भएका थिए ।







