कञ्चनपुर : कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापनाका लागि उच्च अदालत दिपालय महेन्द्रनगरमा ईजलासमा दायर भएको रिटमा आज पेशी हुने भएको छ । आरक्षपीडितको पुर्नस्थापनाका लागि उच्च अदालत दिपालय महेन्द्रनगरमा ईजलासमा दायर भएको रिटमा आज पेशी हुने भएको हो । कानून संकायका विद्यार्थी ईश्वरदत्त भट्ट, भावना साउद, बसन्ती बोहरा, मुकेश विष्ट, र पुजा सुनारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका प्रधानमन्त्री कार्यालयसम्मका पाँच सरकारी कार्यालय बिरुद्धमा रिट दर्ता गराएका छन । बिहीबार पाँचै जना कानून संकायका विद्यार्थीले संयुक्त रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउ, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहदरबारलाई विपक्षील बनाएर रिट दर्ता गरेका हुन ।

रिट दर्तामध्ये कानून संकायका विद्यार्थी मुकेश विष्टले आरक्षपीडितको हालसम्म पुर्नस्थापना नहुँदा रिट दर्ता गरेको बताए । शुक्रबार ११ पुषमा पहिले पेश तोकिएको छ । रिट निवेदनमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा ०५८ सालमा त्यहाँका बासिन्दाहरुको बासस्थान राज्यले कब्जा गरेपछि सुक्लाफाँटा बन्यजन्तु आरक्षपिडितहरु(यसपछी आरक्ष पिडित भनिएका)विगत २४ वर्षदेखि बासस्थान र सम्पत्तिविहीन भएर बस्न बाध्य जनाएको छ । पीडित हुँदाहुदै पनि अदालतसम्म आउन सकेका छैनन् त्यसकारण विगत २४ बर्ष देखि आरक्षपिडितहरु संविधानको धारा १६. सम्मानपुर्वक बाँच्न पाउने अधिकार, धारा २५.सम्पत्तिको अधिकार, धारा ३७.आवासको अधिकारबाट हनन भएको भएको छ ।

संविधान प्रदत्त मौलिक अधिकारहरुको उपभोग नपाउदा कानुनी राज्यको उपहास भएको देखेर कानुन अध्ययनरत बिद्यार्थीहरु संविधानको धारा ४६ र १४४ को उपधारा १ बमोजिम अदालतसमक्ष उपस्थित भएर निवेदन दिएको जनाएका छन । २३ औँ आयोगले कञ्चनपुरमा २४सय ७३घरधुरी प्रमाणित गरेको थियो । त्यसपछि सुरेन्द्र बम नेतृत्वको आयोगले पीडितको पुर्नस्थापनाका लागि कम्तिमा १०कट्टा जमिन नभए ६०लाख क्षतिपूर्ति दिने प्रस्ताव अघि सारेपनि वन मन्त्रालयमै थन्किएको थियो । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले २४ बर्षसम्म पनि पीडितको पुर्नस्थापना नहुँदा उनीहरु विभिन्न सरकारी जमिन अतिक्रमण गरेर झुपडीमा बस्न बाध्य भएको बताए । उनले आफुहरुलाई सरकारले दोस्रो नागरिकको दर्जा दिएको दुखेसो पोखेका छन । पुर्नस्थापना नहुँदा नारकीय जिवन विताउन बाध्य भएको उनले पीडा व्यक्त गरेका छन ।







