महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहका पदाधिकारीहरुलाई सम्मान तथा सचेतना

पप्पु गुरुङ्ग, दोधारा । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समुहका पदाधिकारीहरुलाई दोधारा चाँदनीमा सम्मान तथा सचेतना गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समुहका पदाधिकारीहरुलाई सम्मान तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । स्वयमसेविका तथा आमा समुहहरुले वडाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा सम्मान तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो ।

सामुदायिक स्वास्थ्य स्वयमसेविका र आमा समुहरुले समाज रुपान्तरणका लागि महत्वपुर्ण भुमिका खेलेको बताउदै आमा समुह र महिला स्वास्थ्य स्वयम सेविका कारण पछिल्लो समय मातृमृत्यु दर र बालमृत्युदर कमी आएको भन्दै अझै शसक्त भएर लाग्न वडाध्यक्ष रावलले आग्रह गर्नुभएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा कार्यालयका बरिष्ठ कमिनिटी नसिंङ निरिक्षक नारा पन्तले सचेतचनामुलक कार्यक्रममा आमा समुहका पादधिकारीहरुलाई कुपोषण मुक्त बनाउने, होम डेलिभरी अन्त्य गर्ने, सम्पूर्ण गर्भवतीलाई स्वास्थ्यको पहुँचमा राख्न, मृत्यु दरलाई अन्त्य गर्नको लागि सचेतनामुलक कार्यक्रम सञ्चालन समेत गरिएको बताउनुभएको छ् ।

८ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १६ जना आमा समुहका पदाधिकारीहरुलाई अविर टिका र खादा सहित सम्मान सहित सेवा निवृत्त २ जना वडाका स्वास्थ्य स्वयमसेविकालाई प्रमाण पत्र सहित स–सम्मान बिदाई गरिएको छ् ।

आमा समुह र स्वयमसेविका पदमा कार्यारत रहि अर्काको पिडामा मलम लगाउदै हिडेका महिलाहरुलाई वडा कार्यालयले सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयले जनाएको छ् ।

ताजा समाचार

spot_img