कञ्चनपुर कारागार घटना छानविन गर्न तीन सदस्यीय समिति गठन

रमेश प्रसाद भट्ट/महेन्द्रनगर–  कञ्चनपुर कारागारमा भएकाे घटना बारेमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएकाे छ । शुक्रबार कारागारमा भएकाे कैदिबन्दीबिच कुटाकुट र आन्तरिक प्रशासनिक बेतिथिबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी माेहनचद्र जाेशीकाे नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएकाे हाे ।

समितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बाेहरा र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकिय अधिकृत धर्मराज उपाध्याय सदस्य रहने गरी एक हप्ता भित्र घटनाकाे सत्य तथ्य छानविन गर्न समिति गठन गरिएकाे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयाे ।

उनले भने “घटनाकाे वास्तविकता छानविन गरेर दाेषिमाथि कार्वाहि गरिने बताउदै अहिलेनै सबै कुरा भनिहाल्नु पर्ने अवस्था नरहेकाे बताए ।” छानविन गर्न समिति गठन गरेकाे छु, पश्चात् प्रतिवेदनले के भन्छ साेहि अनुरूप जाने र यस्ता घटना दाेहरिन नदिने सवालमा आफु दृढ रहेकाे प्रजिअ ढकालले बताए ।

शुक्रबार अपराहन्न ४/५ बजेतिर कारागार भित्र रहेका कैदी बन्दीहरूबिच आपसमा झडप हुदा ८ जना कैदि घाईते भएका थिए । कैदिबन्दीहरूले आफुहरूमाथि कारागारका नाईके, चाैकिदार र कारागार प्रशासनबाटै अनावश्यक रूपमा पैसा उठाउने गरेका कारण त्यस्ताे कार्यकाे विराेध गर्दा झडपकाे अवस्था सिर्जना भएकाे बताएका छन् ।

कारागार भित्र मदिरा, लागुऔषध, समेत भित्रीने गरेकाे भन्दै कारागार प्रशासनकाे मिलेमताेमा चाैकिदारहरूले यस्ताे कार्य गर्ने गरेकाे कैदीबन्दीहरूले आराेप लगाएका छन्।  कैदीहरूले नाईके, सहनाईके, चाैकिदारकाे सरूवा हुनुपर्ने माग राखेर बाेल्दा झडपकाे अवस्था सिर्जना भएकाे एकथरी कैदी बन्दीहरूकाे भनाई छ ।

कैदि बन्दीहरूले आफुहरूले पाउने रकम समेत पुरा नपाउने गरेकाे, क्यान्टिनकाे समानमा समेत कमिसन खाने गरेकाे, नाईके हुन पचाँस हजार देखि एक लाखकाे खेलाे, भन्सामा समेत रकमकाे चलखेल, नाईके, सह-नाईकेले धम्क्यार रकम असुली गर्ने, कारागार भित्र अनैतिक कृयाकलाप सहज रूपमा हुनेगरेकाे लगायतका आराेप कैदीहरूकाे रहेकाे छ ।

शुक्रबार भएकाे कैदि बन्दीहरूकाे झपडमा परि बर्ष ३४ का किरण सिंह, बर्ष ४७ का करन कुवँर,बर्ष ३० का दिनेश कुवँर, बर्ष ४० का राजेन्द्र सुनार,राेशन शाही, बर्ष २९ का मदन गिरी, बर्ष २७ का सन्दिप भण्डारी, बर्ष २९ का जनक खडका गरी आठ जना कैदीबन्दीहरू घाईते भएका थिए । जसमा ४ जनाकाे टाउकाेमा र बाकि ४ जनाकाे छाति र हातमा समान्य चाेट लागेकाे कारागारका जेलर बन्दना सुवेदिले बताउनु भयाे ।

घाईते आठैजनाकाे महाकाली प्रादेशिक अस्पतालमा अहिले पनि उपचार भईरहेकाे छ । कञ्चनपुर कारागारमा हुने बेतिथि, घटना र गम्भीर सुरक्षा चुनाैतिका बारेमा छानविन समितिले वास्तविक सत्य तथ्य रूपमा कसरी काम गर्ला त ? त्याे भने हेर्न बाकि छ ।

ताजा समाचार

spot_img