
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लैगिंक समानताका लागी व्यवहार परिवर्तन अन्तर्गत सामुदायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ संसारीमाई मध्यवर्ती सामुदायिक बन क्षेत्रको पिकनिक स्पोर्टमा लैगिंक समानताका लागी व्यवहार परिवर्तन अन्तर्गत सामुदायिक सम्बाद कार्यक्रम अर्थात छटौ हप्ता अन्तर्गत विशेष उत्सव सम्पन्न गरिएको बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) लैगिंक समानाताको लागी व्यवहार परिवर्तन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण परियोजनाका सामाजिक परिचालक छत्र बहादुर देउवाले बताउनुभएको छ् ।


टियर फण्ड युके सहयोग र बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा लैगिंक समानताका लागी व्यवहार परिवर्तन अन्तर्गत सामुदायिक सम्बाद कार्यक्रम अर्थात छटौ हप्ता अन्तर्गत विशेष उत्सव सम्पन्न गरिएको सामाजिक परिचालक छत्र बहादुर देउवाले बताउनुभयो । लैंगिक समानता हरेक क्षेत्रमा हुनुपर्ने नितिगत रुपमा महिलालाई क्षमताको अभिबृद्धि गर्न अनिवार्य सहभागीता गराउन सबैलाई सहयोग गर्न दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आग्रह गर्नुभएको छ् । उहाँले लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताउनुभयो ।


नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा १८ ले समानताको हकको प्रत्याभूति गरेको भन्दै उहाँले संविधानले नै लिंग, जाति, भाषा र अन्य कारणबाट कसैलाई पनि विभेद गर्न नपाइने गरी अधिकारको सुनिश्तिता गरेको नगरप्रमुख लिम्बुले बताउनुभयो ।


लैगिंक समानता कायम गर्न नेपालमा विद्यमान पितृसतात्मक समाजमा भएका हानिकारक अभ्यासलाई न्यूनीकरण गर्दै सामाजिक तथा साँस्कृतिक रुपमा रहेका राम्रा अभ्यासलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले बताउनुभएको छ् । कार्यक्रममा सहभागी दोधारा चाँदनी नगरपालिका– ४ का स्थानियबासी रितु सुनारले लैंगिक समानताको लागी व्यवहार परिवर्तन योजना अनुसारमा छटौ हप्ता सम्म गरिएको तालिम उत्साहजनक रहेको बताउनुभएको छ् ।
अझै पनि समाजमा भईरहेको लैगिंक सामाजिक असमानतालाई चिर्न यो कार्यक्रमले ठुलो मद्धत पुग्ने रितु सुनारले विश्वास व्यक्त गर्नुभयो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ र ७ वडामा बसोबास गर्ने ८ वटा समुहका झण्डै १ सय जना स्थानियबासीहरुलाई लैगिंक समानताका लागी व्यवहार परिवर्तन अन्तर्गत सामुदायिक सम्बाद कार्यक्रममा सहभागी गराईएको बाताबरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) ले जनाएको छ् ।






