निड्स नेपालको सहयोगमा शान्ती टोलमा ‘सुरक्षित आवास’ निमार्ण हुदै, निमार्ण अघि बढे संगै बस्तीमा खुशीयाली

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको शान्ती टोलमा बाढीबाट मानविय र धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थलको निमार्ण कार्य अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ शान्ती टोलमा वर्षेनी आउने बाढीको कारण मानविय र धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थलको निमार्ण कार्यलाई तिब्रता दिईएको निड्स नेपाल स्कोपआरथ्री परियोजका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताउनुभएको छ् । निड्स नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा रु. २९ लाखको लागतमा बाढीबाट मानविय र धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण कार्यलाई अघि बढाईएको उहाँले बताउनुभयो । जगबुडा नदीको पानी ओभरफ्लो भएर शान्ती टोल आसपास बस्तीमा पस्ने र वर्षायामको नदीको पानीले स्थानियबासीहरुको घर डुवान संगै आश्रय स्थलको लागी अन्यत्र जानु पर्ने अवस्थालाई मध्यनजर राख्दै निड्स नेपाल, दोधारा चाँदनी नगरपालिका कार्यालय र स्थानियबासीहरु संग सहकार्य गरि सुरक्षित आश्रय स्थल निमार्ण सुरु गरिएको संयोजक उपाध्यायले बताउनुभयो ।

वर्षेनी वर्षायाममा जगबुडा नदीको पानी बस्तीमा पसेर त्रासद्धि मच्चाउदै आएको र नदीको भंगालो बस्तीमा पस्दा स्थानियबासीहरुमा ज्यान जोगाउन हम्मे–हम्मे पर्ने अवस्थाको छुटकारा हुनेमा आफुहरु विश्वस्त भएको लाली गुरास सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी– १० शान्ती टोलका संयोजक देबिसरा सार्कीले बताउनुभएको छ् । शान्ती टोलमा सुरक्षित आश्रय स्थलको निमार्णको जिम्मा लाली गुरास सामुदायिक विपद् व्यवस्थापन समितिले लिएको छ् । ३७ घरधुरी रहेको शान्ती टोलमा निड्स नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा निमार्ण सुरु गरिएको सुरक्षित आश्रय स्थल निमार्ण कार्य ३ महिनामा सम्पन्न हुने बताईएको छ् ।

वर्षेनी वर्षायाममा जगबुडा नदीको पानी ओभरफ्लो भएर बस्तीमा पसेर ज्यान त्रासद्धि मच्चाउदै र सुरक्षित आश्रय स्थल निमार्णले बाढीको बेला बुढाबुढी, असक्त, गर्भवती, अपांगता भएका ब्यक्तीहरुको ज्यान जोगाउन सहज हुने स्थानियबासी अमृता खड्का बताउछन् । बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण सुरु भए संग स्थानियबासीहरुमा खुशीयाली छाएको उहाँले बताउनुभयो ।

यस अघि बाढी ग्रस्त क्षेत्र दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा दोधारा चाँदनी नगरपालिका, नेपाली सेना, बिभिन्न संघ–संस्थाहरुले बाढीबाट मानविय क्षती तथा धनमाल जोगाउन २ वटा सुरक्षित आवास निमार्ण गरिसकेका छन् ।

ताजा समाचार

spot_img