कञ्चनपुर कारागारमा बबण्डर अपारदर्शी कामकाज भएको भन्दै आन्दोलन, ८ कैदीबन्दी घाईते, नाराबाजी जारी

कञ्चनपुर : कञ्चनपुर कारागारमा बबण्डर मच्चिएर झडप भएको छ । शुक्रबार दिउँसो कैदीबन्दीका दुई समुहविच झडप भएको हो । नाईके चौकीदार र अन्य कैदीबन्दीविच झडप हुँदा ८ कैदीबन्दी घाईते भएका छन । घाईते कैदीबन्दी किरण बहादुर सिह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरी, सन्दीप भण्डारी, जनक खडकाको महाकाली अस्पतालमा उपचार भईरहेको छ । प्रकास मल्ल नेतृत्वको नाईके चौकीदारहरुमाथि अन्य कैदीबन्दीहरुले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, राशनमा पनि बिभेद गरेको, कारागारभित्रै मदिरा, लागु औषध जस्ता गैर कानुनी कारोबार गरेको, घरबाट आउने समान समेत पुरै हातमा नपुग्ने गरेको, आफु निकटलाई मात्रै सेवा सुविधा दिएको जस्ता आरोप लगाएर नाराबाजी गरेका थिए ।

कैदीबन्दीहरुले नाराबाजी गर्दै नाईके, चौकीदारमाथि कानुनी कार्बाही र सरुवाको माग अघि सारेका छन । घाईते ८जनाको अस्पतालमा उपचार हुँदासम्म कुटपिट गर्नेहरुमाथि कानुनी कार्बाहीको माग अघि सारेर सहकर्मीहरुले नाराबाजी निरन्तर गरेका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले कैदीबन्दीहरुविच सेवा सुविधामा विभेद भएको भन्दै विवाद भएको र उक्त विवाद एक आपसमा झडपमा परिणत भएको बताए । उपचारका लागि अस्पताल पुगेका सबै जना कैदीबन्दीको उपचार भईरहेको उनीहरु खतरामुक्त रहेो बताए । क्षमता भन्दा दोब्बर कैदीबन्दी भएको कारागारमा उत्पन्न झडपले घरपरिवारमा त्रास फैलाएको छ ।

जेलर बन्दना सुवेदीले चौकीदार, नाईकेहरुले अन्य कैैदीबन्दीबाट अनावश्यक रकम लिएको भन्दै विवाद उत्पन्न भएको बताए । आफु कार्यालयमा १५दिन अघि मात्रै आएको बताउँदै उनले अब बुझ्ने बताए । कारागार भित्रै खुलेयाम लागु औषधदेखि मदिरा बेचबिखनको विषयमा आफु कारागार प्रशासनमा नयाँ भएकाले सुरक्षा निकायसंग बुझ्ने जवाफ दिईन । कञ्चनपुरका कारागारमा बेला बेलामा जेलब्रेकदेखि झडप वाद विवाद उत्पन्नका घटना बेला बेला भईरहेकै छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारमा उत्पन्न विवाद बारे सम्बन्धित पक्षसंग समन्वय गरेर विवाद निरुपण गरिने बताए । हाल कञ्चनपुर कारागारमा १६ महिला सहित ३सय ४६कैदीबन्दी रहेका छन । फोटो क्यासन ः कञ्चनपुर कारागारका घाईते कैदीबन्दी, कारागारमा नाराबाजी

ताजा समाचार

spot_img