पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसारपसार रोक्न माईती नेपाल कञ्चनपुरले भिमदत्त नगरपालिकाका किशोर, किशोरीहरुलाई अनुशिक्षण गरेको छ् । भिमदत्त नगरपालिका वडा नम्बर ५ का विभिन्न समुदायका किशोरीहरुलाई समेटेर अनुशिक्षण गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । महिला, बालबालिका तथा कमजोर वर्गलाई लक्षित गरि हुने बेचबिखन रोकथाम गर्न आवश्यक देखिएकाले अनुशिक्षण सञ्चालन गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् । सामाजिक सञ्जाल तथा मोबाइल फोनको दुरुपयोगले विभिन्न समुदायमा बढ्दै गएकोले किशोर किशोरी र महिलालाई सम्भाव्यता जोखिमबाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने अति आवश्यक रहेको उहाँका भनाई छ् ।


अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिखी, झुठा माया, प्रेम सम्बन्ध, मोबाईल फोन लगाएत सामाजिक सञ्जाल, फेसबुकको दुरुपयोग मानव बेचबिखनका आधारभूत कारण भएको अनुशिक्षणमा बताईएको छ् । ‘दलालहरुले आफ्नो मायाजालमा पारी बिहे गर्ने आश्वासन दिएर भारत सम्म पुर्याउछन् । खुला सिमा नाकाका कारण कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको छ्’ संयोजक भट्टले भन्नुभयो । यौन शोषण, वेश्यावृति, सर्कसमा काम लगाउन, बंधुवा मजदुर बनाउनु, शरिरिक विभिन्न अंग झिक्न, मानव बेचबिखनको मुख्य उद्धेश्य रहेको बताउदै संयोजक भट्टले परिवारका सदस्य एवम् आफन्त नै बेचबिखनमा सहभागी हुने हुदा मानव बेचबिखन रोकथाममा चुनौती भएको बताउनुभयो ।


कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसारको परिभाषा ,बेचबिखन हुनुका कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधान लगाएत बाल यौनदुचार, बाल यौन दुव्र्यवहारका बारेमा सहभागीहरुलाई जानकारी गराईएको छ् । कार्यक्रममा वडाका ३५ जना किशोरी कशोरीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी भीमदत्त नगरपालिकाका वडा नं. ५ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष रिता चन्दले वडामा पनि चेलीबेटी बेचबिखन विरुद्ध सचेतना फैलाउन अत्यन्त आवश्यक देखिएको अवस्थामा माइती नेपालले किशोर किशोरीहरुलाई अनुशिक्षण सञ्चालन गरेको भन्दै धन्यवाद दिदैं आगामी दिनमा पनि जोखिममा पर्न सक्ने किशोरीहरुलाई अनुशिक्षण प्रदान गर्न आवश्यक भएको रहेको बताउनुभयो ।
उहाँले स्थानिय सरकार सधै सहकार्य र समन्वयमा काम गर्न तयार रहेको कुरा प्रष्ट पार्नु भयो ।






