कञ्चनपुर : कञ्चनपुर वन चोरी तस्करी मुद्दाका फरार एक अभियुक्त तीन दशकपछि कानुनको फन्दामा परेका छन । कृष्णपुर नगरपालिका ४ गुलरियाका कर्णदेव धित्त ३१ बर्षपछि कानुनको फन्दाना परेका हुन । धित्त बिरुद्ध वन मुद्दामा अदालतले कैद र जरिवाना तोकेको थियो । तर, धित्तले कैद र जरिवाना भुक्तान नगरेपछि प्रहरीले उनलाई पक्राउ गरेर अदालत पेश गरेको छ । कञ्चनपुर जिल्ला अदालतले ३१ बर्ष अघि ५ पुष ०५१ सालमा धित्तको वन मुद्दामा ३ महिना कैद सजाय र ५ हजार १४४ रुपैया जरिवाना तोकेको थियो ।

तर, धित्तले अदालतले तोकेको कैद भुक्तान र जरिवाना नतिरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । धित्तले वन चोरी तस्करी गर्दा उनको उमेर ४१ बर्षिया युवा थिए, तर उक्त अपराधमा संलग्न भएको तीन दशकपछि ७२ बर्षिया जेष्ठ नागरिक उमेरमा कानुनी फन्दामा परेका हुन । धित्तलाई ईलाका प्रहरी कार्यालय गुलरिया जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गत २५मंसिर ०८२ मा पक्राउ गरेर अदालत पेश गरेको जनाईएको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराले अदालतबाट फैसला भएर कैद र जरिवाना नबुझाएका फरारहरुलाई पक्राउ गर्दै कानुनी दायरमा ल्याउन लागेको बताए ।

यो घटनाले अपराध गरेपछि बाँचुन्जेलसम्म कुनैपनि दिन सजाय भोक्नुपर्ने पाठ सिकाएको छ । यसैविच कञ्चनपुरमा विभिन्न अपराधिक गतिबिधी घटनामा किशोर,किशोरी,युवक तथा महिला मात्रै नभई बुढापाखा पनि संलग्न भएको देखाएको छ । आगो ताप्नु मुढाकोे कुरा सुन्नु बुढाकोे कथनलाई तिलान्जली दिर्दै जिल्लामा केही बृद्धहरु आफै अपराध कर्ममा संलग्न भएको देखिएका छन । सुदूरपश्चिम प्रदेश र कञ्चनपुर प्रहरीको तथ्याङ्कले समेत पछिल्ला अपराध तथा अपराधिक गैर कानुनी गतिबिधीमा जेष्ठ नागरिक समेत संलग्न भएको तथ्य सार्वजनिक भएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार दुई साताभित्रै वन चोरी तस्करी मुद्दामा शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ७२ बर्षिया विष्णूदत्त जोशी, बहुविवाह मुद्दामा कृष्णपुर नगरपालिका १ पहरियाका ६८ बर्षिया गगन सिह बुढा, वनचोरी तस्करी मुद्दामा कृष्णपुर ४गुलरियाकै कर्णदेव धित्त, र चोरीमुद्दामा पुनर्वास २का ६० बर्षिया सिहलाल तामाङ्ग पक्राउ गरिएको छ । जोशीलाई वन मुद्दामा ३ महिना कैद तोकिएको र बुढालाई बहुविवाह मुद्दामा १६ दिन कैद, १ हजार, तामाङ्गलाई चोरी मुद्दामा ६ दिन कैद, वन मुद्दामा धित्तलाई ३ महिना कैद सजाय र ५ हजार १४४रुपैया जरिवाना तोको थियो । कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले मुलुकी अपराध संहितको दफा १५५ अनुसार कैद बराबरको दैनिक ३सयका दरले जरिवाना तिरेर जोशी, धित्त रिहा भएको बताए । यसरी जेष्ठ नागरिक नै अपराधमा संलग्न भएपछि त्यसपछिका पुस्ताले समाजमा के संस्कार, नैतिकता कानुन सिक्ने भन्दै प्रशन उठिरहेको छ ।






