कञ्चनपुरका ९ वटै पालिकाका स्वास्थ्यकर्मीसंग सूक्ष्म याेजना सम्बन्धि गाेष्ठी

रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाका नाै वटै पालिकाका स्वास्थ्यकर्मीसंग स्वास्थ्य कार्यालय कञ्चनपुरमा खाेपका बारेमा सूक्ष्म याेजना सम्बन्धि २ दिने गाेष्ठी सम्पन्न भएकाे छ । स्वास्थ्य कार्यालयमा जिल्ला स्थित सबै पालिकाका स्वास्थ्यकर्मीहरूसंग ६ दिनसम्म नयाँ खाेप तथा राेगहरूका बारेमा सुक्ष्म याेजना गाेष्ठी गरिएकाे हाे ।

नियमित खाेप कार्यक्रम तथा खाेपबाट बचाउनु सकिने राेगकाे खाेज पडताल, नयाँ खाेप तथा राेगका बारेमा जानकारी दिन मंसिर २५ गतेबाट पाैष १ गते सम्म ६ दिन जिल्लाका सबैपलिकाका स्वास्थ्यकर्मीहरूसंग गाेष्ठि कार्यक्रम गरिएकाे स्वास्थ्य कार्यालय कञ्चनपुरका खाेप शाखा प्रमुख जनक बहादुर कुवँरले जानकारी दिनु भयाे ।

उनले भने “खाेप सम्बन्धि प्रश्न, याेजना, जिराे खाेप र ५ बर्ष मुनिका बालबालिकाहरूलाई पुर्ण खाेप गराउने उदेश्यले जिल्ला भरीका सम्पुर्ण पालिकाहरूमा कुनैपनि बच्चाहरू नछुटुन भनेर तीन सिप्टमा २/२ दिन गरेर ६ दिन सम्म कार्याशाला गाेष्ठी गरिएकाे बताए ।”

कार्यक्रममा ९ वटै पालिकाका स्वास्थ्यकर्मी, नगरपालिकाबाट स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, फाेकल पर्सन,स्वास्थ्य संस्थाहरूबाट ईन्चार्ज र वेदकाेटका संस्था प्रमुख, खाेपकर्ताहरू गरी जम्मा १ सय ६७ जनाकाे सहभागिता रहेकाे खाेप शाखा प्रमुख कुवँरले बताउनु भयाे ।

उहाँका अनुसार खाेप कार्यक्रमलाई कसरी प्रभावकारी ढंगले लग्न सकिन्छ भन्ने विषयमा नयाँ याेजनाका बारेमा समेत कार्यक्रममा सुझाव सहित समिक्षा समेेत गरेर रणनैतिक याेजनाका बारेमा समेत छलफल गरिएकाे बताए ।

ताजा समाचार

spot_img