बेलौरीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

कञ्चनपुर :  कञ्चनपुरको बेलौरी नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । मंगलबारदेखि ”स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”भन्ने मुल नारा सहित बेलौरीमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता शुरु भएको हो । खुलामञ्चमा शुरु भएको प्रतियोगिता सम्भवत जिल्लामै बेलौरी नगरपालिका छनौट प्रतियोगिता गराउने पहिलो नगरपालिका भएको छ । बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले बेलौरी नगर खेलकुद समितिको आयोजनामा १६ औं संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता संचालन भएको बताए ।

अध्यक्ष न्यौपानेले प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, कराँते,तेक्वान्दो र एथलेटिक्स विधाका खेलहरू समावेश गरिने प्रतियोगितामा बेलौरीका सामुदायिक तथा संस्थागत गरी माध्यमिक तहका २५ बिद्यालय सहभागी रहेका रहेका छन । उक्त प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य दिवान सिंह विष्टले खेलकुदले विद्यार्थीको शारीरिक,मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाईमा ताजापन ल्याउनमा खेलले ठूलो भूमिका खेल्ने बताए ।

बेलौरी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्क बहादुर भूलले बताए । बेलौरी नगरपालिकाले सीमिति स्रोत साधन भित्र रहेर पनि विगतका बर्षहरूमा हाम्रो पालिकावाट छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश राष्ट्रियस्तर समेत आफ्नो प्रतिभा प्रदर्शन बताउँदै यस वर्ष पनि प्रतियोगिताबाट छनौट भएका खेलाडी विद्यार्थीहरुले जिल्ला, प्रदेश र राष्ट्रियस्तर या आफ्नो नाम र पालिकाको नाम राख्न सफल हुनेछ भन्ने विश्वास रहेको बताए । ४पुषसम्मै प्रतियोगिता संचालनहुनेछ ।

ताजा समाचार

spot_img