कञ्चनपुर : कञ्चनपुरको बागफाँटामा रहेको पञ्चकृत बैजनाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिहर परियार चयन भएका छन । भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको पञ्चकृत बैजनाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा परियार चयन भएका हुन ।

नेपाली काँग्रेसका नेता एव समाजसेवी, युवा व्यवसायी सहित भीमदत्त नगरपालिका लेखा समिति संयोजक परियारलाई अभिभावकले सामुदायिक विद्यालय सम्हाल्ने बृद्धि विकासको जिम्मेबारी दिएका छन । आफ्नै गाँउको सामुदायिक विद्यालयको विद्यालयको बृद्धि विकासका लागि प्रतिबद्धता जाहेर गरेका छन ।






