महेन्द्रनगर-राष्ट्रिय स्वतन्त्र पार्टीकाे मञ्चबाट छलिया बाजा सहित बजार भिमदत्त नगरकाे प्रथम नगर सम्मेलन सम्पन्न भएकाे छ । शनिबार महेन्द्रनगरकाे खुला परिक्रमा गरेर उद्योग बाणिज्य संघकाे सभा कक्षमा अधिवेशन सम्पन भएकाे हाे ।

भिमदत्त नगरका सभापति अम्बादत्त जाेशीकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय खेलकुद विभाग उप प्रमुख घनश्याम विष्ट रहनु भएकाे थियाे । भने विशिष्ट अतिथिमा विज्ञान, संञ्चार तथा सुचना प्रविधि विभागका केन्द्रीय सचिव तथा पुर्व सुदूरपश्चिम ईन्चार्ज ज्ञानेन्द्र सिंह महता,अभियान तथा प्रचार विभागका केन्द्रीय सदस्य जनक सिंह धामि, शिक्षा विभागका केन्द्रीय सदस्य झंकर राज जाेशी, नरेन्द्र चन्द, चादनी ऐर, हरि रेग्मी रहनु भएकाे थियाे ।

अधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि निर्वाचन मण्डलले अन्तिम समय सम्म सहमतिकाे प्रयास गरेपनि सभापति र सचिव पदमा सहमति जुटन नसके पछि पर्सि साेमबार चुनाव गरिनेछ भने अन्य सबै पद सर्व सम्मत चयन गरिएकाे रास्वपा भिमदत्त नगरले जनाएकाे छ ।

सभापति पदका लागि ४ जना उम्मेदवार आकांक्षी देखिएका रास्वपाका विज्ञान, संञ्चार तथा सुचना प्रविधि विभागका केन्द्रीय सचिव तथा पुर्व सुदूरपश्चिम ईन्चार् ज्ञानेन्द्र सिंह महताले बताए । यस्तै सचिव पदमा पनि ३/४ जना आकाँक्षी देखिएका छन् ।
पर्सि साुमबार रास्वपाकाे भिमदत्त नगर कार्य समितिकाे कार्यालय बनगाउँमा दिउसाे निर्वाचन नेता महताले बताउनु भयाे । कार्यक्रममा थुप्रै नेता तथा समर्थक शुभचिन्तकहरूकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन रास्वपाका नेता तथा शिक्षा विभागका केन्द्रीय सदस्य झंकरराज जाेशीले गर्नु भएकाे थियाे ।






