महाकाली पक्की पुलमा पर्यटकहरुको फोटो खिचेर मनग्य आम्दानी गर्दै युवाहरु

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १ नजिक रहेको महाकाली पक्की पुलमा फोटोग्राफी गरिरहेका युवा फोटोग्राफरले राम्रो आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारको महत्वकांक्षी परियोजना महाकाली ४ लेनको पक्की पुल तथा निमार्णधिन सुख्खाबन्दरगाह क्षेत्रमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर युवा फोटोग्राफरले राम्रै आम्दानी गरिरहेका हुन् । सदैव जसो भिड लाग्ने महाकाली ४ लेनको पक्की पुल, सुख्खा बन्दरगाह क्षेत्रमा युवाहरुको फोटोग्राफी आम्दानीको गतिलो माध्यम बनेपछि त्यसतर्फ युवा पुस्ताको आकर्षण बढिररहेको छ् । दैनिक ३ हजार रुपियाँ सम्म कमाउने गरेको भिमदत्त नगरपालिका– १२ का युवा फोटोग्राफर किरन चौधरीले बताउनुभएको छ् । कक्षा १२ को परिक्षा सकेर खाली बसेको अवस्थामा खाली समयको सदुपयोग गर्न पुल लगाएत सुख्खा बन्दरगाह हेर्न आउने पर्यटकहरुको. फोटो खिचेर दैनिक १५ सय देखि ४ हजार रकम संकलन गर्दै आएको फोटोग्राफर किरन चौधरीले बताउनुभएको छ् । किरनले झण्डै २ वर्ष देखि महाकाली पक्की पुलमा आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर राम्रै घरको खर्च चलाउदै आएको बताउनुभयो ।

उहाँले नेपाली सेनामा भर्ना भई देश र जनताको सेवा गर्ने आफ्नो ईच्छा रहेको बताउनुभएको छ् । फोटोग्राफी गरेर राम्रो कमाई हुन थालेपछि यस कार्यमा युवाको आकर्षण बढिरहेको महाकाली पक्की पुलमा फोटो खिच्दै गरेका अर्का युवा फोटोग्राफर अशोक चौधरीले बताउनुभयो । उहाँका अनुसार बिदाको दिन र चाडपर्वको दिन बढी पर्यटक आउने भएको हुदा उक्त समयमा राम्रो आम्दानी हुने गरेको बताउनुभएको छ् । भाईरल महाकाली पक्की पुलमा २५ बढी युवाहरु फोटोग्राफीमा सक्रिय युवा फोटोग्राफर अशोक चौधरीको भनाई छ् । घुम्न आएका हरकोहीले आफ्नो घुमफिरलाई यादगार बनाउन फोटो र भिडियो खिचाउने र गुणस्तरीय फोटो खिचेर तत्कालै मोबाईलमा दिने गरेको अर्का फोटोग्राफर अरुणीमा चौधरीले बताउनुभएको छ् ।

सुरुका दिनमा सोचे जस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षा भन्दा राम्रो कमाई भएको अरुणीमाले बताउनुभयो । घुम्न आउने पर्यटकहरूले फोटो खिचेर सम्झना राख्ने चाहना राख्छन् भन्ने कुराले आफुलाई फोटोग्राफीको बाटोमा डोर्‍यायो उहाँले बताउनुभएको छ् । युवाहरुले फोटोग्राफीबाट आम्दानी मात्र होईन, दोधारा चाँदनी नगरपालिका क्षेत्रको पर्यटकीय स्थलको प्रवद्र्धनमा पनि योगदान पुर्‍याइरहेका दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

युवाहरुले फोटो र भिडियो खिचेर पर्यटकलाई सेवा दिनुका साथै दोधारा चाँदनी नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका मेयर लिम्बुको भनाई रहेको छ् ।

 

ताजा समाचार

spot_img