नेपाली काँग्रेस कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवार छनौट

कञ्चनपुर : आउँदो २१फागुन ०८२मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार छनौट गरिरहेको छ । क्षेत्र १बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस गरेको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका आँकाक्षी उम्मेदवारका छनौट गरिएको हो । दुई उम्मेदवार छनौट गर्नुपर्ने भएपनि चार देखिएपछि काँग्रेस क्षेत्रीय समितिले निर्वाचन नै गर्नुप¥यो ।

क्षेत्रीय सभापति समेत रहेका गोपाली प्रशाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८मत पाएर सिफारिस भएका हुन । जेनजी युवा पुस्ताका मदन उपाध्याय १० र अर्का युवा हरेन्द्र चन्दले १६मत पाएर सिफारिसबाट बञ्चित भएका छन । उक्त निर्वाचन क्षेत्रमा ८४प्रतिनिधीले मतदान गरेका थिए ।
समानुपाति र राष्ट्रिय सभा तर्फ भने सर्वसम्मत नाम सिफारिस भएको छ । समानुपाति तर्फ बेलडाँडीकी सगुना राना बेलौरीकी खिना भण्डारी, राष्ट्रिय सभा तर्फ युवा नेता हरेन्द्र विष्ट(होसियार) र प्रकास पन्त समेत सर्वसम्मत छनौट भएका छन ।

प्रतिनिधी सभा सदस्यका लागि क्षेत्रबाट छनौट भएका क्षेत्रीय सभापति समेत रहेका गोपी प्रशाद उपाध्यायले पाटी केन्द्रको निर्णय अनुरुप क्षेत्रबाट उम्मेदवार सिफारिस गरेर माथिल्लो समितिमा पठाएको बताए । क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यमा एनपी साउद, हरि प्रशाद बोहरा दल बहादुर बोहरा, समानुपातिक तर्फ तौला राना, गणेश नेपाली र राष्ट्रिय सभा तर्फ देवराज पाठक, पुष्कर ओझा, ईश्वर खाती देखिएका छन ।

यस्तै क्षेत्र ३ प्रतिनिधी सभा तर्फ रमेश लेखक, प्रेमसिह विष्ट, शंकर बहादुर चन्द , युवा जेनजी पुस्ता पुरोहित बडू, समानुपातिक तर्फ कल्पना केसी, माया भटट, हरि ठाकुर र राष्ट्रिय सभातर्फ खगेश्वर बोहरा, दुर्गा प्रशाद जोशी, रमेश दयाल,मोहन विष्ट, बीर बहादुर सुनार, गौराज बहादुर लिम्बु, यज्ञराज चटौत, गोपाल भण्डारी, रमिता देउवा, देखिएका छन ।

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका पुर्व नेवि संघ जिल्ला अध्यक्ष गंगादत्त भट्टले यस पटक सबैतिर युवा पुस्त सार्नुपर्नेमा जोडदिएका छन । काँग्रेसका केही निर्वतमान सांसद संसद पुर्नस्थापनाका लागि सर्वोच्च गएका छन, अर्कातिर १५औँ महाधिवेशन त्यसमा पनि अहिले उम्मेदवार छनौटले नेता कार्यकर्ताहरुमा चुनाव, संसद पुर्नस्थापना र महाधिवेशन तीनै कामएकसाथ भएकाले तिनतिरै ध्यानले नेता कार्यकर्ताहरुलाई व्यस्त बनाएको छ ।

ताजा समाचार

spot_img