खाली जमिनमा घर देखाएर नक्कली कागजपत्र तयार गरिदिने तत्तकालिन हाकिम, दुई ईन्जिनियर सहित चार जना बिरुद्ध विशेष अदालतमा मुद्दा

कञ्चनपुर : खाली जमिनमा घर देखाएर नक्कली कागजपत्र तयार गर्ने जमिन धनी र उक्त जमिनमा घर भएको प्रमाणित गरिदिने कर्मचारी बिरुद्ध अख्तियार एक्सनमा उत्रिएको छ । बेलडाँडी गाँउपालिका २ स्थित कित्ता ३५७ को ४सय बर्गमिटर जमिनमा हुँदै नभएको घर देखाएर लक्ष्मी सनराईज बैंकमा धितो राखेर ऋण लिने जमिनधनीदेखि तत्तकालिन गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव ईन्जिनियर जय कुँवर र असिस्टेन्ट सव ईन्जिनियर तेज बहादुर सुनार बिरुद्धमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिहीबार २५ मंसिरमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अख्तियारका सहयाक प्रवक्ता गणेश बहादुर अधिकारीले जारी गरेको उक्त आरोपपत्र दायरकोे विवरणमा सेती कन्सल्टेसी प्रालिले तयार पारेको घरजग्गा नक्सा तयार पारेको विवरण झुटा भएको प्रमाणित भएको दावि गरिएको छ । जमिन धनी शान्ति नाथले गाँउपालिका उपाध्यक्ष निर्वाचित अघि नै कर्मचारीसंग मिलोमतो गरेर हुँदै नभएको जमिनमा घर बनाएर ऋण लिएको उल्लेख गरिएको छ । १० चैत्र ०७८ मा २३ लाख, ७५ हजार र १३ असोज ०७९ मा १० लाख गरेर ३३ लाख, ७५ हजार रुपैया ऋण लिएको जनाएको छ ।

यसरी नक्कली कागजपत्र बनाएर ऋण लिएपछि ३० बैशाख ०७ ९सालमा जमिन धनी शान्ति नाथ नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिईन । अख्तियारले यसरी हुँदै नभएको जमिनमा घर छ, भनेर प्रमाणित गर्ने कर्मचारीहरु आर्थिक लाभमा लिप्त भएकाले अभिलेखिकरण प्रमाणित गरेको जनाएको छ । तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी सेवा निवृत, सव ईन्जिनियर कुँवर हाल बेदकोट नगरपालिका र असिस्टेन्ट सव ईन्जिनियर तेज बहादुर सुनार बेलडाँडी गाँउपालिकामै कार्यरत रहेका छन । उनीहरु चारै जना बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन ०५९अनुसार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ताजा समाचार

spot_img