एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन, ‘अध्यक्ष ओलीले छानबिन आयोगमा बयान दिन जानुपर्छ’

कञ्चनपुर : पुर्व रक्षामन्त्री समेत रहेका नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा बयान दिनुपर्ने बताएका छन । बुधबार कार्की ब्यांकेटमा सम्पादकहरुसँगको अन्तरक्रियामा पोखरेलले छानबिन आयोगमा बयान दिन जाने कुरा स्वभाविक प्रकृया भन्दै अध्यक्ष ओली जानुपर्ने प्रष्ट पारेका छन ।

‘छानबिन आयोगमा अध्यक्ष बयान दिन जाने कुरा स्वभाविक हो, जानु पनि पर्छ। म भएको भए पनि सहज रुपमा जान्थेँ,’ उनले भने। यद्यपि, आयोगप्रति एमालेका केही विमती रहेका पनि उनले प्रष्ट पारेका छन । बरिष्ठ उपाध्यक्ष पोखरेल आगामी पाटीको ११औँ महाधिवेशनबाट अध्यक्षका प्रत्यासीको दौडमा छन । अध्यक्ष ओलीप्रति एमाले महिला नेतृहरु समेत असन्तुष्ट पोख्दै आएका छन ।

ताजा समाचार

spot_img