सिटिजन इन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजका विद्यार्थी पाँचतारे होटल रेडिसनमा अवलोकन भ्रमण

कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा रहेको सिटिजन इन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीहरूको शैक्षिक तथा बौद्धिक विकास उद्देश्यसहित भारतको बरेलीस्थित पाँचतारे होटल ‘रेडिसन’ मा नवआगन्तुक विद्यार्थीलाई स्वागतका साथै अवलोकन भ्रमण गराएको छ। भ्रमणकै अवसरमा कलेजका नव–नियुक्त प्रिन्सिपल चन्द्रप्रकाश कुवँरलाई सम्मानपूर्वक स्वागत समेत गरिएको कलेजले जनाएको छ।

सतप्रतिशत रोजगारीको ग्यारेन्टी प्रदान गर्ने दाबी गर्दै आएको सिटिजन इन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीहरूलाई नेपाल र भारतका पाँचतारे होटलसहित विभिन्न स्थानमा आवश्यक तालिम र व्यावहारिक अभ्यासको व्यवस्था गर्दै आएको छ। कलेजका प्रबन्ध निर्देशक राजेन्द्र गिरीका अनुसार सुदूरपश्चिम प्रदेशभर यस स्तरको होटल म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने एकमात्र कलेज सिटिजन होटेल म्यानेजमेन्ट कलेज नै हो। “सुदूरपश्चिम प्रदेशको नमूना शैक्षिक संस्थाका रूपमा सिटिजन इन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजलाई स्थापित गर्ने लक्ष्य कलेजको रहेको प्रबन्ध निर्देशक गिरीले बताए।”

कलेजले १५ महिने डिप्लोमा र २१ महिने एडभान्स डिप्लोमा (ADHM) मार्फत होटल तथा आतिथ्य व्यवस्थापनसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ। अध्ययनसँगै विद्यार्थीलाई बढीभन्दा बढी प्रयोगात्मक सीप विकासमा जोड दिइएको कलेजले जनाएको छ।

एडभान्स डिप्लोमापछि विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर प्रणालीमार्फत अमेरिका, अष्ट्रेलिया, न्यूजिल्यान्ड, युके, क्रोसिया, युएई, तथा भारत लगायत विभिन्न देशका कलेजहरुमा BHM दोस्रो वर्षबाटै अध्ययन निरन्तरता दिन सकिने सुविधा समेत उपलब्ध गराइएको कलेजले जनाएको छ।

ताजा समाचार

spot_img